समर्थकको साथ नेपाली क्रिकेटमा लोभ लाग्दो छ : प्रशिक्षक देसाई « Khabarhub

समर्थकको साथ नेपाली क्रिकेटमा लोभ लाग्दो छ : प्रशिक्षक देसाई


२ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले नेपाली खेलाडीको क्षमता उत्कृष्ट भएको बताएका छन् । युएईलाई अन्तिम खेलमा नौ रनले हराएर विश्वकप छनोटमा स्थान बनाएपछि प्रशिक्षक देसाईले पछिल्लो समय नेपालले राम्रो क्रिकेट खेलिरहेको र खेलडीहरुमा पनि उत्कृष्ट क्षमता भएको बताएका हुन् ।

देसाईले टिम गेम खेलेका कारण जित सम्भव भएको बताए । ‘‘नेपालका खेलाडी सक्षम छन् । खेलाडीले मलाई विश्वास गरेर खेले । सोही अनुसार नजिता पनि आयो । हामीलाई दर्शकले पनि राम्रो साथ दिनुभयो । हजारौं सर्मथकको साथ नेपाली क्रिकेटमा लोभ लाग्दो छ । हामी सिक्दै अगाडि बढ्नेछौं । तपाईहरु सर्मथन गरिरनुहोस्,’’ दर्शकमाथि पनि प्रशिक्षक देसाईले सहानुभूति प्रकटगरे ।

प्रशिक्षक देसाईको प्रशिक्षणमा नेपालले घरेलु मैदानमा भएको दुईवटा सिरिजका क्लिन स्वीप गरेको छ । पछिल्ला १२ खेलका नेपाल ११ खेलमा विजेता बन्दै विश्वकप छनोटमा पुगेको हो ।

 

 

प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार  ८ : ४५ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु