‘सुपरिवेक्षकीय सूचना प्रणाली’ राष्ट्र बैंकलाई हस्तान्तरण « Khabarhub

‘सुपरिवेक्षकीय सूचना प्रणाली’ राष्ट्र बैंकलाई हस्तान्तरण


२ चैत्र २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकलाई ‘सुपरिवेक्षकीय सूचना प्रणाली’ हस्तान्तरण गरिएको छ । बैंकको सुपरिवेक्षण संरचनालाई स्वचालित र प्रविधिमैत्री बनाउने उद्देश्यले ‘सुपरिवेक्षकीय सूचना प्रणाली’ कार्यान्वयनमा ल्याइएको हो ।

काठमाडौंमा आयोजित एक समारोहमा बेलायती सहयोग नियोगअन्तर्गतको फरेन कमनवेल्थ एण्ड डेभलपमेन्ट अफिस (एफसीडीओ) का विकास निर्देशक पिप्पा बर्डले उक्त प्रणाली गभर्नर महाप्रसाद अधिकारीलाई हस्तान्तरण गरे । बेलायती सहयोग नियोगको वित्तीय क्षेत्र स्थायित्व कार्यक्रम ९एफएसएसपी० को वित्तीय सहयोगमा एसआईएस निर्माण भएको हो ।

कार्यक्रममा गभर्नर अधिकारीले एसआईएसको कार्यान्वयनसँगै बैंक तथा वित्तीय संस्थाको नियमन र सुपरिवेक्षणको ढाँचा स्वचालित प्रणालीमा प्रवेश गरेको बताए । वित्तीय क्षेत्रको प्रभावकारी नीति तर्जुमा र कार्यान्वयनको निम्ति विश्वसनीय र यथार्थ तथ्यांक आवश्यक पर्ने उल्लेख गर्दै गभर्नर अधिकारीले एसआईएसले उक्त आवश्यकतालाई परिपूर्ति गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा एफसीडीओका निर्देशक बर्डले एसआईएसको कार्यान्वयनबाट राष्ट्र बैंकको सुपरिवेक्षकीय क्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गर्दै नेपालको वित्तीय क्षेत्रको सुदृढिकरणको निम्ति बेलायत सरकार सँधै प्रतिबद्ध रहेको बताए ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहिबार  ९ : ५९ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको