‘सुपरिवेक्षकीय सूचना प्रणाली’ राष्ट्र बैंकलाई हस्तान्तरण « Khabarhub

‘सुपरिवेक्षकीय सूचना प्रणाली’ राष्ट्र बैंकलाई हस्तान्तरण


२ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकलाई ‘सुपरिवेक्षकीय सूचना प्रणाली’ हस्तान्तरण गरिएको छ । बैंकको सुपरिवेक्षण संरचनालाई स्वचालित र प्रविधिमैत्री बनाउने उद्देश्यले ‘सुपरिवेक्षकीय सूचना प्रणाली’ कार्यान्वयनमा ल्याइएको हो ।

काठमाडौंमा आयोजित एक समारोहमा बेलायती सहयोग नियोगअन्तर्गतको फरेन कमनवेल्थ एण्ड डेभलपमेन्ट अफिस (एफसीडीओ) का विकास निर्देशक पिप्पा बर्डले उक्त प्रणाली गभर्नर महाप्रसाद अधिकारीलाई हस्तान्तरण गरे । बेलायती सहयोग नियोगको वित्तीय क्षेत्र स्थायित्व कार्यक्रम ९एफएसएसपी० को वित्तीय सहयोगमा एसआईएस निर्माण भएको हो ।

कार्यक्रममा गभर्नर अधिकारीले एसआईएसको कार्यान्वयनसँगै बैंक तथा वित्तीय संस्थाको नियमन र सुपरिवेक्षणको ढाँचा स्वचालित प्रणालीमा प्रवेश गरेको बताए । वित्तीय क्षेत्रको प्रभावकारी नीति तर्जुमा र कार्यान्वयनको निम्ति विश्वसनीय र यथार्थ तथ्यांक आवश्यक पर्ने उल्लेख गर्दै गभर्नर अधिकारीले एसआईएसले उक्त आवश्यकतालाई परिपूर्ति गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा एफसीडीओका निर्देशक बर्डले एसआईएसको कार्यान्वयनबाट राष्ट्र बैंकको सुपरिवेक्षकीय क्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गर्दै नेपालको वित्तीय क्षेत्रको सुदृढिकरणको निम्ति बेलायत सरकार सँधै प्रतिबद्ध रहेको बताए ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार  ९ : ५९ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण

रसुवा – भोटेकोशी बाढीबाट प्रभावित यहाँका विभिन्न समुदाय, विद्यालय तथा

चारपटक म्याद थप्दा पनि बनेन जैमिनीको प्रशासकीय भवन

बागलुङ – निर्माण व्यवसायीले तोकिएको समयमा काम गरेको भए बागलुङको

आजको मौसम पूर्वानुमान : पाँँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

बाढीबाट भएको क्षतिको यथार्थ मूल्याङ्कन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भोटेकोशी बाढीले निम्त्याएको तत्कालीन

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।