कामपाको कानून तर्जुमा बारे राष्ट्रियसभाको चासो « Khabarhub

कामपाको कानून तर्जुमा बारे राष्ट्रियसभाको चासो


२ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको विधायन व्यवस्था समितिले काठमाडौँ महानगरपालिकाको कानून तर्जुमा प्रक्रिया र कार्यान्वयनको अवस्थाका बारे चासो देखाएको छ । समितिका सभापति वेदुराम भुसालको नेतृत्वमा आज कामपा आएको टोलीले कामपाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलसँग भेटर विधि निर्माण प्रक्रियाका विषयमा छलफल गरेको हो ।

छलफल विशेषगरी स्थानीय ऐन, कार्यविधि, निर्देशिका निर्माण कसरी भइरहेको छ ?, कुन कुन ऐन निर्माण भए ?, ती ऐन निर्माणको आधार के हो ? , कार्यान्वयन कसरी भइरहेका छन् ? भन्ने विषयमा केन्द्रित रहेको थियो ।

छलफलमा कामपा उपप्रमुख डङ्गोलले अन्तर सरकार समन्वय, साझेदारी र सहकारितालाई बलियो बनाउने तथा राष्ट्र सेवकलाई सेवाप्रति समर्पित हुन प्रोत्साहन गर्नेलगायत स्थानीय सरकार सञ्चालन गर्न सहज हुने विभिन्न क्षेत्रगत विषयमा सङ्घीय सरकारले कानून निर्माण गर्नुपर्ने धारणा राखे ।

छलफलमा विसं २०७२ अगाडि तर्जुमा गरिएका कानूनी प्रबन्ध कुन अवस्थामा छन् ? कानून निर्माण गर्दा सरोकारवालासँग छलफल गर्नु हुन्छ कि हुन्न ? अहिलेसम्म कतिवटा कानून बनाउनुभयो ? के सबै कानून कार्यान्वयनमा छन् रु लगायत प्रश्न राष्ट्रियसभाको विधायन व्यवस्था समितिबाट राखिएको थियो ।

कामपाले २०७२ को संविधान जारी भएपछि ऐन, कार्यविधि, नियमावली, कार्यविधि गरेर ८४ कानून तर्जुमा गरेको छ । यसमा केही संशोधन भएका पनि छन् । चौरासी वटामध्ये ८० महानगरको आन्तरिक जनशक्तिबाट बनाइएको हो भने चार प्राविधिक विषयका कानून परामर्शदातालाई मस्यौदा गर्न लगाएर प्रक्रिया अगाडि बढाएको कामपाले जानकारी दिएको छ ।

कामपाको कानून निर्माण अभ्यासका विषयमा जानकारी गराउँदै कानून तथा मानव अधिकार विभागका प्रमुख वसन्त आचार्यले भने , “कानून तर्जुमा गर्दा सङ्घीय सरकारले अवलम्बन गरेका सबै प्रक्रिया पूरा गर्ने गरेका छौँ ।”

विभागबाट कानून निर्माणका लागि आएका मागलाई नगरसभाअन्तर्गत तीन वटा समिति र कार्यपालिकाअन्तर्गत १३ विषयगत समितिमार्फत छलफल गरेर कार्यपालिका हुँदै विधेयकलाई नगरसभामा र मापदण्ड, कार्यविधि, निर्देशिकालगायत प्रबन्धलाई कार्यपालिकाबाट पारित गर्ने गरिएको जानकारी गराइएको थियो ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार  १० : ३७ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका