कामपाको कानून तर्जुमा बारे राष्ट्रियसभाको चासो « Khabarhub

कामपाको कानून तर्जुमा बारे राष्ट्रियसभाको चासो


२ चैत्र २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको विधायन व्यवस्था समितिले काठमाडौँ महानगरपालिकाको कानून तर्जुमा प्रक्रिया र कार्यान्वयनको अवस्थाका बारे चासो देखाएको छ । समितिका सभापति वेदुराम भुसालको नेतृत्वमा आज कामपा आएको टोलीले कामपाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलसँग भेटर विधि निर्माण प्रक्रियाका विषयमा छलफल गरेको हो ।

छलफल विशेषगरी स्थानीय ऐन, कार्यविधि, निर्देशिका निर्माण कसरी भइरहेको छ ?, कुन कुन ऐन निर्माण भए ?, ती ऐन निर्माणको आधार के हो ? , कार्यान्वयन कसरी भइरहेका छन् ? भन्ने विषयमा केन्द्रित रहेको थियो ।

छलफलमा कामपा उपप्रमुख डङ्गोलले अन्तर सरकार समन्वय, साझेदारी र सहकारितालाई बलियो बनाउने तथा राष्ट्र सेवकलाई सेवाप्रति समर्पित हुन प्रोत्साहन गर्नेलगायत स्थानीय सरकार सञ्चालन गर्न सहज हुने विभिन्न क्षेत्रगत विषयमा सङ्घीय सरकारले कानून निर्माण गर्नुपर्ने धारणा राखे ।

छलफलमा विसं २०७२ अगाडि तर्जुमा गरिएका कानूनी प्रबन्ध कुन अवस्थामा छन् ? कानून निर्माण गर्दा सरोकारवालासँग छलफल गर्नु हुन्छ कि हुन्न ? अहिलेसम्म कतिवटा कानून बनाउनुभयो ? के सबै कानून कार्यान्वयनमा छन् रु लगायत प्रश्न राष्ट्रियसभाको विधायन व्यवस्था समितिबाट राखिएको थियो ।

कामपाले २०७२ को संविधान जारी भएपछि ऐन, कार्यविधि, नियमावली, कार्यविधि गरेर ८४ कानून तर्जुमा गरेको छ । यसमा केही संशोधन भएका पनि छन् । चौरासी वटामध्ये ८० महानगरको आन्तरिक जनशक्तिबाट बनाइएको हो भने चार प्राविधिक विषयका कानून परामर्शदातालाई मस्यौदा गर्न लगाएर प्रक्रिया अगाडि बढाएको कामपाले जानकारी दिएको छ ।

कामपाको कानून निर्माण अभ्यासका विषयमा जानकारी गराउँदै कानून तथा मानव अधिकार विभागका प्रमुख वसन्त आचार्यले भने , “कानून तर्जुमा गर्दा सङ्घीय सरकारले अवलम्बन गरेका सबै प्रक्रिया पूरा गर्ने गरेका छौँ ।”

विभागबाट कानून निर्माणका लागि आएका मागलाई नगरसभाअन्तर्गत तीन वटा समिति र कार्यपालिकाअन्तर्गत १३ विषयगत समितिमार्फत छलफल गरेर कार्यपालिका हुँदै विधेयकलाई नगरसभामा र मापदण्ड, कार्यविधि, निर्देशिकालगायत प्रबन्धलाई कार्यपालिकाबाट पारित गर्ने गरिएको जानकारी गराइएको थियो ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहिबार  १० : ३७ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको