कांग्रेस नेता भण्डारीको स्वास्थ्य अवस्था सुधार हुँदै « Khabarhub

कांग्रेस नेता भण्डारीको स्वास्थ्य अवस्था सुधार हुँदै


२ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्र भण्डारीको जलेको अनुहारको छाला राम्रो हुँदै गएको छ बुद्धनगरस्थित निजी निवासमा गत फागुन ३ गते ‘ग्यास लिक’ भएर आगलागीबाट जलेको अनुहारको छाला राम्रो हुँदै गएको हो ।

भारतको मुम्बईस्थित नेशनल वर्न सेन्टरमा उपचाररत भण्डारीको स्वास्थ्यमा सुधार भइरहेको र अनुहारको छाला राम्रो हुँदै गएको डा भण्डारीका दाजु मीनप्रसाद भण्डारीले जानकारी दिए।

“डा भण्डारीको फिजियोथेरापी भइरहेको छ, कलमी गरिएको छालाले राम्रो प्रतिक्रिया दिइरहेको छ, स्वास्थ्यमा राम्रो सुधार भइरहेको छ”, डा भण्डारीका दाजु मीनप्रसादले भने । स्वास्थ्यका सबै प्यारामिटर सामान्य हुँदै गएकाले तत्काल शल्यक्रिया गर्न आवश्यक नभएको डाक्टरले बताएको उनले बताए ।

सङ्क्रमण नियन्त्रण गर्न अस्पताल प्रशासनले आगन्तुकलाई कडाइका साथ निषेध गरेको छ । आगलागीमा परी सांसद भण्डारी र उहाँकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए । हरिकलाको भने उपचारका क्रममा कीर्तिपुर अस्पतालमा फागुन ४ गते नै निधन भएको थियो ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार  १० : ४८ बजे

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष