मन्त्रिपरिषद् विस्तार हुँदै : कांग्रेसबाट एनपी साउद परराष्ट्रमन्त्री बन्दै « Khabarhub

मन्त्रिपरिषद् विस्तार हुँदै : कांग्रेसबाट एनपी साउद परराष्ट्रमन्त्री बन्दै


३ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार आठौं पटक मन्त्रिपरिषद् विस्तार गर्दैछन् । नेपाली कांग्रेसबाट एनपी साउद परराष्ट्र मन्त्री बन्ने भएपछि मन्त्रिपरिषद् विस्तार हुन लागेको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले साउदको नाम प्रधानमन्त्री प्रचण्डलाई शनिबार साझ बुझाएका हुन् । प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति कार्यालयलाई शपथको तयारी गर्न सूचना पठाइ सकेका छन् ।

आइतबार ३ बजे राष्ट्रपति कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेलले साउदलाई शपथ खुवाउने छन्। बाँकी मन्त्रीको नाम भने कांग्रेसले उपनिर्वाचनपछि मात्र पठाउने तयारी गरेको छ ।

सत्ता गठबन्धनको भागबन्डामा कांग्रेसले ८ मन्त्रालय पाएको थियो। यसअघि कांग्रेसबाट चार जना मन्त्री बनिसकेका छन् ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ६ : ५३ बजे

जेन-जी आन्दोलनका घाइतेहरूको वर्गीकरणका लागि अन्तिम सूचना जारी

काठमाडौं– जिल्ला प्रशासन कार्यालय, काठमाडौँले ‘जेन-जी आन्दोलन’का क्रममा घाइते भएका व्यक्तिहरूको

स्वास्थ्य क्षेत्रमा लैङ्गिक उत्तरदायी बजेटसम्बन्धी निर्देशिका कार्यान्वयन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य क्षेत्रमा लैङ्गिक समानता प्रवर्द्धन

यातायात व्यवस्था कार्यालयद्वारा ४८ करोड राजस्व संकलन

कैलाली– यातायात व्यवस्था कार्यालय, धनगढीले चालु आर्थिक वर्ष २०८२-८३ को

नयाँ सरकार गठन : सम्भावित मन्त्रीहरूबारे रास्वपाका शीर्ष नेताले थाले छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी मन्त्रिपरिषद्को सदस्यहरूबारे छलफल सुरु गरेको

सुनचाँदीको मूल्य निरन्तर ओरालो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ ।