लखनउमाथि पन्जाबको जित « Khabarhub

लखनउमाथि पन्जाबको जित


३ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पन्जाब किङ्सले तेस्रो जित निकालेको छ।

अटल बिहारी क्रिकेट स्टेडियममा गएराति भएको खेलमा पन्जाबले लखनउ सुपर जायन्ट्सलाई २ विकेटले हराएको हो।

लखनउले दिएको १ सय ६० रनको लक्ष्य पन्जाबले १९ ओभर ३ बलमा ८ विकेट गुमाएर १ सय ६१ रन जोड्दै पूरा गर्यो।

टस हारेर पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५९ रन जोडेको थियो।

जितसँगै पन्जाबले ५ खेलमा ६ अंक जोडेको छ। पन्जाब चौंथो स्थानमा उक्लिएको छ। लखनउ ६ अंक नै जोडेर दोस्रो स्थानमा रहेको छ।

प्रतियोगिता अन्तरगत आज गुजरात टाइटन्स र राजस्थान रोयल्स तथा मुम्बई इन्डियनन्स र कोलकाता नाइटराइडर्सबीच खेल हुनेछ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ७ : ३४ बजे

पर्यटकीयस्थल ढुङ्गे बगैँचामा बहुसांस्कृतिक सङ्ग्रहालय निर्माण सुरु

खोटाङ– विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीस्थित ककनीडाँडामा निर्माणाधीन बुङालुङ पार्क (ढुङ्गे बगैँचा)मा  बहुसांस्कृतिक

आदिवासी जनजाति महासङ्घ, सङ्घीय परिषद् सचिवालय नेतृत्वको औपचारिक घोषणा 

काठमाडौं- नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) ले आफ्नो २१ सदस्यीय

भदौयता लेक लागेर चार विदेशीसहित सात पर्यटकको मृत्यु

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा पर्वतीय ‘हाई अल्टिच्युड’ का कारण लेक

प्रेस रजिष्ट्रारको कार्यालय गण्डकीले सुरु गर्‍यो पत्रकार लेखनवृत्ति कार्यक्रम

गण्डकी– गण्डकी प्रदेश सरकारअन्तर्गत रहेको प्रेस रजिष्ट्रारको कार्यालयले पत्रकार लेखनवृत्ति