‘ने–पेमाछाल’मा पर्यटन प्रवर्द्धन गर्न कार्यक्रम | Khabarhub Khabarhub

‘ने–पेमाछाल’मा पर्यटन प्रवर्द्धन गर्न कार्यक्रम


३ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक – सङ्घीय राजधानी काठमाडौँबाट सबैभन्दा नजिक रहेको जुगल हिमालअन्तर्गतका आठ हिमालको आधार शिविर नजिक ने–पेमाछाल उपत्यकामा पर्यटन प्रवर्द्धनका विविध कार्यक्रम आयोजना गरिएका छन् ।

शनिबार ने–पेमाछालमा आयोजित कार्यक्रममा निवर्तमान सभामुख अग्निप्रसाद सापकोटा, सांसद माधव सापकोटा ‘सुबोध’, बागमती प्रदेशसभा सदस्य सरल सहयात्री, जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्बो र उपाध्यक्ष हिमालकुमार श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

ऐतिहासिक, धार्मिक एवं पर्यटकीय महत्वको ने–पेमाछालमा लामा गुरुहरूले पूजा, जिन्लब, डुप्सी, छेवाङ तथा धार्मिक पर्यटन प्रवर्द्धनका लागि विधिपूर्वक विविध कार्यक्रम गरेको सिन्धु पर्यटन परिषद्का सचिव मिलन तामाङले जानकारी दिए  । जुगल गाउँपालिकाका अध्यक्ष स्याङ्बोले नयाँ वर्षको अवसरमा ने–पेमाछालमा प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गरिएको बताए । यसबाट  जिल्लाको पर्यटन प्रवर्द्धनमा सहयोग मिल्ने उनले विश्वास व्यक्त गरेका छन् ।

कार्यक्रममा सहभागिता जनाउन चार दिनअघि नै हिँडेका आन्तरिक पर्यटक ने–पेमाछालमा जम्मा भएका थिए । गाउँपालिका आफैँले छानेका यात्रीलाई पालिका प्रमुख स्याङ्बो र उपाध्यक्ष श्रेष्ठले चनौटेस्थित रत्नराज्य माविबाट चार दिनअघि बिदाइ गरेका थिए ।

थपियो उत्साह

विसं २०७५ बाट आरोहण खुला गरिएको जुगलअन्तर्गतका अन्य हिमालसमेत खुला गर्ने सरकारी निर्णयले यस क्षेत्रमा खुसी थपिएको छ । काठमाडौँबाट तीन दिनमै पुग्न सकिने नजिकको गन्तव्यका हिमाल आरोहण खुला गर्ने निर्णयले सिन्धु पर्यटनमा थप टेवा पुग्ने विश्वास गरिइएको छ ।

गत चैत २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले जुगल हिमालअन्तर्गत ‘जुगल १’ देखि ‘जुगल ५’ नामकरण भएका थप पाँच चुचुरा आरोहण खुला गर्ने र पाँच वर्षसम्म शुल्क नलिने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ८ : ०१ बजे

ऐन कानुन बनाउँदा हुने ढिलासुस्तीले राष्ट्रिय आकाङ्क्षा प्राप्तिमा अवरोध सृजना गर्छ : राष्ट्रपति 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले संसदबाट अत्यावश्यक ऐन कानुन बनाउने काममा

कर्णाली प्रदेशमा भोली सार्वजनिक बिदा

सुर्खेत– कर्णाली प्रदेश सरकारले भोली साउन १ गते सार्वजनिक बिदा

यसरी हुँदैछ गाःहिटी पुनर्निर्माण (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगरपालिकाले वडा नम्बर २६ मा अवस्थित गाःहिटीको पुनर्निर्माण

हराएको २२ दिनपछि मृत भेटिए बाह्विसका पारस

धनगढी– बुढीगंगा ८ घर भएका पारस कुँवर हराएको २२ दिनपछि मृत

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– बुधबार स्थानीय बजारमा सुनको मूल्य घटेको छ । नेपाल