स्वास्थ्यचौकी छ, सेवा छैन « Khabarhub

स्वास्थ्यचौकी छ, सेवा छैन


३ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

बागलुङ – स्वास्थ्यचौकीको प्राङ्गण चिरा–चिरा परेको छ । स्वास्थ्यचौकीको प्रवेशद्वारा अघि तितेपाती झार उम्रेको छ । छतमा गरेको प्लास्टर उप्किएको छ भने केही विद्युतीय संरचना तोडफोडसमेत गरिएको छ । यो दृश्य बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–२ भिमापोखरा स्वास्थ्यचौकीको नवनिर्मित भवनको हो ।

समयमै स्वास्थ्यचौकीको भवन सम्पन्न नहुँदा साँघुरो भवनबाट जनतालाई स्वास्थ्य सेवा दिन बाध्य भएको छ भिमापोखरा स्वास्थ्यचौकी । स्वास्थ्यचौकीका कोठामा एक वर्षदेखि ताला लगाइएको छ । ताला कसले लगाएको हो भन्ने विषयमा समेत स्वास्थ्यचौकी र जनप्रतिनिधि अनभिज्ञ रहेको पाइएको छ ।

स्वास्थ्यचौकीमा रङरोगन गरे पनि च्यानल गेट, तारबार, झ्याल र सिसाको काम अझै बाँकी रहेको काठेखोला–२ भिमापोखराका वडाध्यक्ष विद्यापति शर्माले जानकारी दिए । “एक वर्षदेखि स्वास्थ्यचौकी यो अवस्थामा रहँदा जनतालाई स्वास्थ्य सेवा भने पुरानो भवनबाट प्रदान गर्न बाध्य भइरहेका छौँ, आर्थिक वर्ष २०७५-७६ बाट बन्न थालेको भवन एक वर्षदेखि प्रयोगविहीन छ”,उनले भने, “भवन हस्तान्तरण भए वडाले नै लगानी गरेर मर्मत गरी सेवा दिन सक्थ्यो, यहाँ त न भवन हस्तान्तरण हुन्छ न सम्पन्न नै, भवनको गुणस्तरमा समेत समस्या देखिएको छ ।”

घरअघि भवन ठडिएको एक वर्ष भयो, तर स्वास्थ्य सेवा पुरानै भवनबाट दिइएकाले नागरिकलाई समस्या भएको स्थानीय भक्तिनाथ गौतमले गुनासो गरेका छन् । भवन हस्तान्तरण नहुँदा पुरानै भवनबाट सेवा दिन बाध्य भएको स्वास्थ्यचौकीका प्रमुख आशिष सापकोटाले सुनाए । उनका अनुसार छ जना दरबन्दी रहेको स्वास्थ्यचौकीमा अहिले तीन जनामात्रै कार्यरत रहेको बताए ।

काठेखोला गाउँपालिकाका इञ्जीनियर विनोद लामिछानेका अनुसार स्वास्थ्यचौकीको भवन तत्कालै सेवा दिने गरी गाउँपालिकाले कदम चाल्ने जानकारी दिएका छन् ।

रु तीन करोड लागतमा सङ्घीय सरकारको बजेटमा निर्माण गरिएको भवनबाट गुणस्तरीय स्वास्थ्य सेवा दिने गरी गाउँपालिकाले निर्माण व्यवसायीसँग परामर्श गरिरहेको छ । “ठेकेदारले काम छाडेको अवस्था हो, बजेटसमेत गत असारमै फ्रिज भइसक्यो, बैंक धरौटी रकमबाटै भए पनि भवन मर्मत गरेर स्वास्थ्य सेवा दिने हाम्रो योजना छ, भवन निर्माणमा देखिएका समस्या सच्चाउने र बैंक धरौटी रकम कटौती गर्न पालिका पछि पर्दैन”, उनले भने ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ९ : १५ बजे

भोजपुर तिम्माका महिलालाई तरकारी खेती गर्न टनेल वितरण

भोजपुर– महिलालाई उद्यमशीलतामा जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले टेम्केमैयुङ

कांग्रेस विशेष महाधिवेशन : निर्वाचन समिति बन्यो

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र

शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र

रुपन्देही– रुपन्देहीको मर्चवारी– ७ का सर्वेन्द्र यादवले शिक्षण पेसासँगै कृषिमा

अत्यधिक चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प

मुस्ताङ– अत्यधिक चिसोका कारण हिमाली जिल्ला मुस्ताङमा विकास निर्माण काम