मेलम्चीबाट दैनिक १२ करोड लिटर पानी वितरण « Khabarhub

मेलम्चीबाट दैनिक १२ करोड लिटर पानी वितरण


३ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले मेलम्चीको पानी दैनिक १२ करोड लिटर उपभोक्तालाई  वितरण गर्न थालेको छ । मेलम्ची नदीबाट दैनिक १७ करोड पानी ल्याइएकामा दैनिक पाँच करोड लिटर पानी पाइप परीक्षणका लागि र बाँकी उपभोक्ताको घरघरमा वितरण भइरहेको जनाइएको छ । 

आयोजना कार्यान्वयन निर्देशनालयले दैनिक १२ करोड लिटर पानी उपभोक्ताले प्रयोग गरीरहेको लिमिटेडका प्रमुख कार्यकारी निर्देशक मिलन शाक्यले जानकारी दिए । बाँकी पानी कति क्षेत्रफलमा परीक्षण गर्ने सोही आधारमा खपत हुने उनले बताए। प्रमुख शाक्यले भने, ‘परीक्षणका लागि प्रयोग भएको बाहेक पानी उपभोक्ताको धारामा पठाइएका छौँ ।’ उपभोक्ताको घरमा दुई दिनको फरकमा पानी वितरण गरिरहेको लिमिटेडले जनाएको छ । 

‘कुनै क्षेत्रमा पानी राम्रो आइरहेको छ भने कतै राम्रो नआएको गुनासो आइरहेको छ । पानी नपुगेका र धाराबाट कम झर्ने ठाउँमा पुगेर समस्या समाधान गर्दै पानी पठाइरहेका छौँ’, उनले भने । पहिले भित्री बस्तीमा पानी नआउने भनी गुनासो आएकामा अहिले त्यो समस्या समाधान गरी नियमित पानी वितरण गरिएको प्रमुख शाक्यको भनाइ थियो । 

मुख्य लाइनबाट भित्र भने पानीको पाइप उपभोक्ताको घरसम्म नपुगेकाले पानी वितरण हुन नसकेको उनले बताए। केही ठाउँमा धारा बिग्रिएको, जाम भएको वा बीचमा छुटिएको गुनासो आएकाले मर्मत गरी नयाँ पाइप जडान पश्चात् पानी वितरणको तयारी भइरहेको प्रमुख शाक्यले जानकारी दिए। उनले भने, ‘क्षेत्रगत समस्या अहिले छैन कुनैकुनै घरमा भने अझै समस्या हुनसक्छ । समाधान गरेर पानी नियमित वितरणका लागि काम गर्नेछौँ ।’ उनका अनुसार भक्तपुर नगरपालिकाका विभिन्न स्थानबाट गुनासो आइरहेको छ ।

लिमिटेड र नगरपालिकाबीच समाधानका लागि समझदारीपत्रमा हस्ताक्षर भएको थियो । नगरपालिकाले पाइपका लागि खन्ने र पुर्ने कामका लागि खर्च बेहोर्ने र लिमिटेडले पाइप तथा आवश्यक अन्य सामग्रीको खर्च बेहोर्ने गरी सहकार्य भएको प्रमुख शाक्यले बताए। 

यस आर्थिक वर्षमा गत पुसदेखि उपत्यकामा मेलम्चीको पानी वितरण सुरु भएको हो । हिउँदको समयमा उपत्यकामा खानेपानीको समस्या हुने गरेकामा मेलम्चीको पानी आउन थालेपछि उपत्यकावासीलाई सहज भएको छ । 

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ४ : ०१ बजे

विश्वकपमा जर्मनीको गोल वर्षा, कुरासाओ ७–१ ले पराजित

ह्युस्टन – चार पटकको विश्व च्याम्पियन जर्मनीले फिफा विश्वकप २०२६

टेम्पो भिरमा खसालिएको घटनामा १२ जना वन कर्मचारी प्रहरी नियन्त्रणमा

धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर