निःशुल्क खाद्यान्न वितरणमा अनियमितता भएको भन्दै पाकिस्तानमा प्रदर्शन « Khabarhub

निःशुल्क खाद्यान्न वितरणमा अनियमितता भएको भन्दै पाकिस्तानमा प्रदर्शन


३ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा निःशुल्क खाद्यान्न वितरणमा अनियमितता भएको भन्दै स्थानीयहरुले प्रदर्शन गरेका छन् । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको बजौर क्षेत्रमा खाद्यान्न वितरणमा अनियमितता भएको भन्दै प्रदर्शन गरेका हुन् ।

पाकिस्तानमा चरम आर्थिक संकटमा फसिरहेका बेला सरकारले निशुल्क वितरण गर्ने पिठोमा अनियमिता भएको भन्दै प्रदर्शनको आयोजना गरिएको हो ।

पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार प्रदर्शनमा जमात उलेमा ए इस्लाम (फजल), खार तहसिल, पाकिस्तान पिपुल्स पार्टी, जमात ए इस्लामीलगायत संगठनका प्रतिनिधिको सहभागिता थियो ।

उनीहरुले नाराबाजी गर्दै खाद्यान्न वितरणमा भएको भ्रष्टाचारबारे अनुसन्धान गर्न सरकारसँग माग गरेको डनले जनाएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ४ : ५० बजे

देश भ्रमले होइन, श्रमले चल्छ : हर्क साम्पाङ

कर्णाली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले

संगीतकार नागेन्द्र श्रेष्ठको ‘सुन मायालु’ सार्वजनिक

काठमाडौँ- गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको नयाँ गीत ‘सुन मायालु’

सन्दीप आवद्ध राजशाहीले जित्यो बिपिएलको उपाधि

काठमाडाैं – बंगलादेश प्रिमियर लिग (बिपिएल)को उपाधि राजशाही वारियर्सले जितेको

गगनलाई भावी प्रधानमन्त्रीमा अघि सारेपछि पौडेलले भने- परिवर्तनको यात्रामा सहकार्य गरौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा सहकार्य

देश परिवर्तनको यात्रामा सहकार्य गराैँ : महामन्त्री पौडेल

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा