एमाले अध्यक्ष ओली अस्वस्थ « Khabarhub

एमाले अध्यक्ष ओली अस्वस्थ


३ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अध्यक्ष ओलीले आफू भाइरल ज्वरोबाट पीडित भएको जानकारी दिएका हुन् ।

‘भाईरल ज्वरोका कारण मेरो स्वास्थ्यमा केही समस्या आएको छ । अहिले म एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको छु ।’ उनले फेसबुकमा लेखेका छन् ।

उनले तनहुँ, चितवन र बारामा वैशाख १० गते हुने उपनिर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारहरुको चुनावी अभियानमा सहभागी हुने इच्छा भएपनि अस्वस्थताका कारण आफू ती कार्यक्रममा सहभागी हुन नसकेको उल्लेख गरेका छन् ।

‘‘तनहुँ, चितवन र बारामा वैशाख १० गते हुने उपनिर्वाचनमा हाम्रा पार्टीका उम्मेदवारहरुको चुनावी अभियानमा सहभागि हुने मेरो इच्छा थियो । तर, अहिले म ती कार्यक्रमहरुमा सहभागि हुन सकिरहेको छैन । तनहुँ– १ मा सर्वेन्द्र खनाल, चितवन–२ मा राम न्यौपाने र बारा–२ मा पुरुषोत्तम पौडेललाई हामीले उम्मेदवार बनाएका छौं ।’’ उनले फेसबुकमा लेखेका छन् ।

उनले स्वास्थ्य अवस्था ठीक भएपछि उपयुक्त समयमा ती क्षेत्रका मतदातालाई भेट्न आउने बताएका छन् ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ५ : ५६ बजे

बिन्दाबासिनी कंशाकार महिला तथा सामाजिक समितिको सदस्यमा मनोनीत

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद बिन्दाबासिनी कंशाकार

विद्युत व्यापारसम्बन्धी विधेयक संसदमा पेश गर्न सरकारको अनुमति

काठमाडौँ– सरकारले विद्युत व्यापारसम्बन्धी विधेयक संसदमा पेश गर्ने निर्णय गरेको

बालेनलाई ब्रसेल्स जान सरकारको स्वीकृति

काठमाडौँ – संघ सरकारले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन

प्रि-ओपन सेसनमा नेप्से सूचक १.५१ अंकले बढ्यो

काठमाडौँ – प्रि-ओपन सेसनमा नेप्से सूचक १.५१ अंकले बढेको छ।

सुनको भाउ बढ्यो, चाँदीको स्थिर

काठमाडौँ – नेपाली बजारमा बुधबार पनि सुनको भाउ उकालो लागेको