विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम « Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


३ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

आज वैशाख ३, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार अप्रिल १६, २०२३ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

प्रहरी हिरासतमा कुख्यात भारतीय अपराधी एवम् पूर्वसांसद अतिकको हत्या

भारतका कुख्यात अपराधी एवम् पूर्वसांसद अतिक अहमदको प्रहरी हिरासतमा हत्या भएको छ । भारत उत्तर प्रदेशको प्रयागराजमा प्रहरी संरक्षणमै उनी र उनका भाई अशरफको गोली हानी हत्या भएको हो ।

स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएका बेला सञ्चारकर्मीले उनहरुसँग संवादको प्रयास गरिरहेका बेला उनीमाथि गोली प्रहार भएको हो ।

हत्या गरिएको घटना टेलिभिजन च्यानलले खिचेका भिडियोमा समेत रेकर्ड भएको जनाइएको छ । भिडियोमा अतिक र अशरफलाई हत्कडी लगाइएको देखिएको छ ।

पत्रकारको भेषमा आएका बन्दुकधारीले उनीहरुमाथि गोली चलाएका हुन् । गोली हानेपछि बन्दुकधारीलाई प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । घटनामा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

केही समयअघि अतिकका छोरा पनि प्रहरीको मुढभेडमा मारिएका थिए । अतिकमाथि विगत दुई दशकयता हत्या, अपहरण, जबरजस्ती चन्दा असुलीजस्ता अभियोग छ ।

यसअघि अतिकले आफ्नो ज्यानमाथि खतरा रहेको बताएका थिए । घटनापछि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले न्यायिक छानबिनको निर्देशन दिएका छन् ।

सुडानमा झडप हुँदा ५६ जनाको मृत्यु

सुडानको राजधानी खार्तुममा हिजोदेखि जारी विद्रोही अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) र सरकारी सेनाबीचको झडपमा ५६ जनाको मृत्यु भएको छ । घटनामा करिब छ सय जना घाइते भएका छन् । आज पनि बिहानैदेखि भइरहेको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

विद्रोही समूह आरएसएफले राष्ट्रपतिको कार्यालय, खार्तुम विमानस्थल, सरकारी टेलिभिजन र अन्य महत्वपूर्ण स्थान आफ्नो नियन्त्रणमा रहेको दाबी गरेपछि खार्तुमका सुनसान सडकमा लगातार विस्फोट र बन्दुक पड्केको आवाज सुनिएको छ । सरकारी सेनाले विद्रोहीका दाबीलाई अस्वीकार गर्दै आएसएफका आधार क्षेत्रमा हवाई हमला जारी राखेको बताएको छ । सुडानी वायु सेनाले नागरिकहरूलाई घरभित्रै बस्न आग्रह गरेको छ ।

प्रजातन्त्र समर्थक स्वतन्त्र चिकित्सकहरूको समूहले ५६ जना नागरिकका साथै कैयौँ सुरक्षाकर्मीको मृत्यु भएको जानकारी दिएको छ । उक्त समूहले छ सय जना घाइते भएका बताएको छ । दोहोरो झडपका कारण आवतजावतमा कठिनाइ भएकाले धेरै घाइतेलाई अस्पताल पु¥याउन नसकिएको जानकारी दिँदै सुडानी डाक्टरको समूहले मृतकको सङ्ख्या बढ्नसक्ने बताएको छ ।

कमजोर समुदायलाई खाद्य सहायता प्रदान गर्ने राष्ट्रसङ्घीय निकाय विश्व खाद्य कार्यक्रमका तीन जना कर्मचारी पनि मारिएका छन् । पश्चिम सुडानको कब्कावियामा रहेको सैन्य आधार शिविरमा भएको झडपमा उनीहरूको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

बेलायत, अमेरिका, युरोपेली सङ्घ, रुस र चीनले तत्काल युद्ध अन्त्यको आह्वान गरेका छन् । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले सैनिक जनरल बुरहान र आरएसएफका जनरल मोहमद हमदान डगालोसँग टेलिफोनमा कुरा गर्दै अविलम्ब हिंसा अन्त्य गर्न आग्रह गरेका छन् ।

खार्तुमस्थित अमेरिकी राजदूत जोन गोडफ्रेले गोलाबारी र विष्फोटको आवाजबाट ब्युझिँएको बताउँदै सर्वसाधारण सुडानीलेझै आफू पनि दूतावासका कर्मचारीसँग सुरक्षित स्थानमा आश्रय लिइरहेको बताएका छन् ।

निःशुल्क खाद्यान्न वितरणमा अनियमितता भएको भन्दै पाकिस्तानमा प्रदर्शन

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा निःशुल्क खाद्यान्न वितरणमा अनियमितता भएको भन्दै स्थानीयहरुले प्रदर्शन गरेका छन् । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको बजौर क्षेत्रमा खाद्यान्न वितरणमा अनियमितता भएको भन्दै प्रदर्शन गरेका हुन् ।

पाकिस्तानमा चरम आर्थिक संकटमा फसिरहेका बेला सरकारले निशुल्क वितरण गर्ने पिठोमा अनियमिता भएको भन्दै प्रदर्शनको आयोजना गरिएको हो ।

पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार प्रदर्शनमा जमात उलेमा ए इस्लाम (फजल), खार तहसिल, पाकिस्तान पिपुल्स पार्टी, जमात ए इस्लामीलगायत संगठनका प्रतिनिधिको सहभागिता थियो ।

उनीहरुले नाराबाजी गर्दै खाद्यान्न वितरणमा भएको भ्रष्टाचारबारे अनुसन्धान गर्न सरकारसँग माग गरेको डनले जनाएको छ ।

उइगुरलाई रमजानको व्रत बस्न नदिन चीनमा जासुस परिचालन

सिन्जियाङ प्रान्तमा अल्पसङ्ख्यक उइगुर मुसलमानलाई रमजानको व्रत बस्न नदिनका लागि चीनले जासुस परिचालन गरेको खुलेको छ । रेडियो फ्रि एसियाले टुर्पान क्षेत्रका प्रहरी अधिकारीलाई उद्धृत गर्दै यस्तो खुलासा गरेको हो ।

रमजानको प्रारम्भीक दिनहरुमा व्रत बसेको अशंकामा ५६ जनालाई पक्राउ गरिएको र तीमध्ये ५४ जनाले व्रत बसेर कानून उल्लङ्घन गरेको पुष्टि भएको रेडियो फ्रि एसियाले जनाएको छ ।

चीनले सन् २०१७ यता सिन्जियाङ प्रान्तका उइगुर मुसलमानलाई रमजानको ब्रत बस्न प्रतिबन्ध लगाउँदै आएको बताइन्छ । रेडियो फ्रि एसियाले जनाएअनुसार चीनको सुरक्षा संयन्त्रले आम सर्वसाधारण, प्रहरी अधिकारी एवम् छिमेक समितिका सदस्यलाई जासुसको रुपमा परिचालन गर्ने गरेको छ ।

चीनमाथि सिन्जियाङका दशौँ हजार उइगुर मुसलमानलाई पुनर्शिक्षाका नाममा चीनले बन्दी शिविरमा राख्ने गरेको आरोप लाग्ने गरेको छ ।

जोजिला सुरुङमार्ग बने जम्मु कश्मीरमा पर्यटकको आगमन २/३ गुणाले बढ्छ : भारतीय मन्त्री गड्करी

भारतका केन्द्रीय मन्त्री नितिन गड्करीले जम्मु कश्मीरमा जोजिला सुरुङमार्गको निर्माण सम्पन्न भए यस क्षेत्रमा पर्यटकको आगमनमा २/३ गुणासम्म वृद्धि हुने बताएका छन् ।

निर्माणाधीन सुरुङमार्गको निरीक्षण भ्रमणपछि मन्त्री गड्करीले यस परियोजनाको निर्माण सम्पन्न भए यस क्षेत्रमा पर्यटकको आगमनमा २/३ गुणासम्म वृद्धि हुने बताएका हुन् । उनले जम्मु कश्मीरमा लेफ्टिनेन्ट गभर्नर मनोज सिन्हासँगै परियोजना निर्माणस्थलको निरीक्षण भ्रमण गरेका थिए ।

यस परियोजनाको निर्माण सम्पन्न भएसँगै पर्यटकको आगमन बढ्ने र यसबाट रोजगारीको वातावरण सिर्जना हुने उनको भनाइ छ । यससँगै कन्याकुमारीसँग कश्मीर जोडिने उनको तर्क छ ।

गड्करीले २५ हजार करोड भारतीय रुपैयाँको लागतमा जम्मु कश्मीरमा १९ वटा सुरुङ निर्माण भइरहेको समेत जानकारी दिए ।

आवासीय भवनमा आगो लाग्दा सोह्र जनाको मृत्यु

दुबईको एउटा आवासीय भवनमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।

शहरको पुरानो भागमा रहेको अल–रस छेउमा रहेको भवनको चौथो तलामा आगलागी हुँदा उक्त हताहति भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । निर्माण सुरक्षा र अग्नि सुरक्षा आवश्यकताको पालना नगरेको कारण आगलागी भएको सिभिल डिफेन्स फोर्सको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

दुबई संयुक्त अरब इमिरेट्सका सात इमिरेट्स मध्येको एक हो । यहाँ करिब ३३ लाख जनसङ्ख्याको बसोबास छ भने त्यसमा झण्डै ९० प्रतिशत विदेशी छन् । आगालागीमा ज्यान गुमाएका तथा घाइतेभएकाको राष्ट्रियता भने खुलाइएको छैन ।

सन् २०१७ देखि दुबईका अधिकारीहरूले आगोको जोखिम कम गर्न भवन नियममा कठोर प्रावधानको व्यवस्था घोषणा गरेका छन् । मुख्यतया भवनको बाहिरी आवरणमा प्रयोग हुने ज्वलनशील सामग्रीहरूलाई लिएर कडा नियम ल्याइएको हो ।

सुरक्षा कारबाहीमा आठ जना आतङ्कवादी मारिए

खैबर पख्तुनख्वाको दक्षिण वजिरिस्तान जिल्लाको जरमिलान क्षेत्रमा आतङ्कवादीविरुद्ध गरिएको सुरक्षा कारबाहीमा आठ जना मारिएका छन् ।

शनिबार गरिएको उक्त कारबाहीमा दुई जना सुरक्षा अधिकारीले पनि वीरगति प्राप्त गरेका पाकिस्तानी सेनाको सञ्चार शाखा इन्टर सर्भिसेस पब्लिक रिलेसन्स (आइएसपीआर)लाई उद्धृत गर्दै दैनिक समाचारपत्र डनले जनाएको छ । सुरक्षा फौजले कारबाहीस्थलबाट विभिन्न हातहतियार र गोलाबारुद पनि बरामद गरेको छ ।

सुरक्षाकर्मीले गत मङ्गलबार खैबर पख्तुनख्वाको बाजौर जिल्लाको लोसुम क्षेत्रमा गरेको कारबाहीमा तीन जना र अघिल्लो दिनको कारबाहीमा पनि तीन जना आतङ्ककारीलाई मारेको थियो ।

विगत केही महिना यता देशका विभिन्न भागमा आतङ्कवादी सङ्गठनले आक्रमणलाई तीव्र पारेपछि सक्रिय बनेको सुरक्षा फौजले प्रतिआतङ्वादका कारबाहीलाई व्यापक बनाएको छ ।

आतङ्कवादी सङ्गठन तेहरिक–ए–तालिबान पाकिस्तान र सरकारसँगको वार्ता गत वर्षको नोभेम्बरमा भङ्ग भएपछि अफगानिस्तानको सीमावर्ती क्षेत्रमा केन्द्रित भएर उक्त सङ्गठनले खैबर पख्तुनख्वाका सुरक्षाकर्मीमाथि आक्रमण बढाएको छ ।

सुडानी अर्धसैनिक समूहद्वारा राष्ट्रपति भवन कब्जा

सुडानमा सशस्त्र बलका प्रतिद्वन्द्वी समूहबीचको तनाव हिंसात्मक बन्दै गएपछि सुडानी अर्धसैनिक समूह र्‍यापिड सपोर्ट फोर्सेज (आरएसएफ) ले राष्ट्रपति भवनमाथि आफ्नो नियन्त्रण रहेको दाबी गरेको छ ।

प्रत्यक्षदर्शीहरूले बताएअनुसार सुडानको राजधानी खार्तूमस्थित राष्ट्रपति भवन र सेनाको मुख्यालय वरपर भीषण भिडन्त भएको छ ।

आरएसएफले एक विज्ञप्ति जारी गर्दै खार्तूम, मारवा र अल–अबैदमा रहेका विमानस्थललाई आफ्नो नियन्त्रणमा लिएको र त्यसपछि अन्तर्राष्ट्रिय अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान रद्द गरिएको दाबी गरेको छ ।

आरएसएफका अनुसार उनीहरूले आफ्नो एउटा आधार शिविरमा सेनाले अचानक आक्रमण गरेपछि प्रतिरोध गरेका थिए । यसैबीच खार्तूमस्थित ‘थिङ्क ट्याङ्क कन्फ्लुएन्स एडभाइजरी’का संस्थापक निर्देशक खोलुद खैरले सेना र आरएसएफले सत्ता सुदृढीकरणका विषयमा आफ्नो विरोधी धारणाका कारण कहिल्यै तालमेल नगरेको बताए ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ७ : ५९ बजे

पर्वतमा एक लाख २५ हजार ४६६ मतदाता कायम

पर्वत– आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि

सिन्धुपाल्चोकका सबै स्थानीय तहमा राप्रपाको अधिवेशन सम्पन्न

चौतारा– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सिन्धुपाल्चोकका सबै १२ स्थानीय तहको

चौदण्डीगढीको सातधारेमा निःशुल्क आँखा शल्यक्रिया सेवा शिविर

गाईघाट– यहाँको चौदण्डीगढी नगरपालिका–६ स्थित सातधारेमा निःशुल्क तीनदिने आँखा शल्यक्रिया

स्याङ्जा २ मा रास्वपाबाट पौडेलसहित गुरुङ र डुम्रेको चर्चा

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि स्याङ्जाको

‘मर्दानी ३’ मा शिवानी शिवाजी रोयको खतरनाक मिशन, रानी मुखर्जीको दमदार अवतार फर्किँदै

काठमाडौं– बलिउडकी सशक्त अभिनेत्री रानी मुखर्जी फेरि आफ्नो चर्चित भूमिका