पर्वतमा एक लाख २५ हजार ४६६ मतदाता कायम « Khabarhub

पर्वतमा एक लाख २५ हजार ४६६ मतदाता कायम


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

पर्वत– आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि पर्वतमा एक लाख २५ हजार ४६६ मतदाता कायम भएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार पछिल्लो पटक अद्यावधिक गरिएअनुसार उक्त सङ्ख्या कायम भएको हो । त्यसमध्ये महिला मतदाताको सङ्ख्या ६२ हजार ८६५, पुरुष मतदाताको सङ्ख्या ६२ हजार ६०० रहेको छभने अन्य एक जना रहेका छन् ।

यहाँ २०७९ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कुल मतदाता सङ्ख्या एक लाख २२ हजार ६४९ रहेका थिए । अघिल्लो निर्वाचनभन्दा आगामी निर्वाचनमा दुई हजार ८१७ जना बढी भएका हुन् । 

कार्यालयका अनुसार कुश्मा नगरपालिकामा ३२ हजार ९४९ र फलेवासमा २४ हजार १६१ मतदाता कायम भएका छन् । त्यसैगरी, जलजला गाउँपालिकामा १६ हजार ७५०, पैंयूमा ११ हजार ६६७, महाशिलामा आठ हजार ४७९, मोदीमा २० हजार ३०१ र विहादी गाउँपालिकामा ११ हजार १५९ मतदाता कायम भएका छन् । 

आगामी निर्वाचनका लागि जिल्लामा ७६ मतदातस्थल र १५१ मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्र शर्माले जानकारी दिए । 

आगामी निर्वाचनका लागि पर्वतमा दुईवटा मतदानस्थल थप गरिएको छ । मोदी गाउँपालिकाको वडा नं ६ तिलाहारको गिज्यानमा रहेको तुलोदय मावि र जलजला गाउँपालिका वडा नं ८ फर्सेको शिव माविमा गरी दुई मतदानस्थल थप गरिएको होभने तीन मतदान केन्द्र पनि थप गरिएको छ । 

कार्यालयका अनुसार अब अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा ७४ मतदानस्थलमा १४८ मतदान केन्द्र रहेका थिए भने अब ७६ मतदानस्थलमा १५१ मतदान केन्द्र रहने भएको सूचना अधिकारी शर्माले बताए । 

जिल्ला निर्वाचन कार्यालयले निर्वाचन आयोगको निर्देशनानुसार निर्वाचनका लागि विभिन्न तयारी गरिरहेको सूचना अधिकारी शर्माले जानकारी दिए । उनले अहिले निर्वाचन सामग्री रुजु गर्ने र अपुग भएका सामान खरिद गर्ने तयारी भइरहेको जानकारी दिए । आयोगले मुख्य निर्वाचन अधिकृत नियुक्त गरिसकेको र अन्य कार्यालयका नियमित काम भइरहेको उनले बताए ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  १२ : ११ बजे

रास्वपाले धेरै कुरा सिक्न बाँकी रहेछ, आगामी दिनमा सच्चिन्छौं : अशोक चौधरी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य अशोक चौधरी आज

प्रधानमन्त्री पत्नी काफ्लेले भनिन् : सुरक्षाकर्मीले बाेकेको ब्याग मेरो होइन

काठमाडौं – प्रधानमन्त्री बालेन शाहकी पत्नी सविना काफ्लेले आफ्नो ब्याग

रास्वपा महाधिवेशन : मतदान समय आधा घण्टा पछि सारियो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने १९ वर्षीय युवक पक्राउ

काठमाडौं – सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा चन्द्रागिरी

बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरमा बुधबार पहिरोमा पुरिएको गाडीबाट