वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ६६ लाख रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ « Khabarhub

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ६६ लाख रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ


३ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभनमा पारेर ६६ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले टाउनप्लानिङमा रहेको ग्रिनलिफ इन्टरनेशनल कन्सल्टेन्सीका र ठमेलमा रहेको नेपाल स्नोफल माउन्टेन्स ट्रेक एण्ड एक्सपिडिसनका सञ्चालक गोंगबु बस्ने २८ वर्षका सुधन कुमार शाही र टोखा, ग्रिनल्याण्ड बस्ने म्यानेजिङ डाइरेक्टर अनिल श्रेष्ठलाई पक्राउ गरेको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए । उनीहरुलाई सिनामंगलबाट पक्राउ गरिएको हो ।

उनीहरुले २२ जनालाई इटाली, दक्षिण कोरिया, न्युजिल्याण्ड, पोर्चुगललगायतका देश पठाइदिन्छु, ५ लाख रुपैयाँ मात्रै लाग्छ भनी समग्रमा ६६ लाख ३७ हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ६ : २० बजे

कांग्रेसको विशेष महाधिवेशनस्थलमा यस्तो छ सुरक्षा सतर्कता (तस्बिरहरू)

काठमाडौं- प्रतिनिधिहरूले तीन दिनदेखि जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ

पुरानै विधानअनुसार कांग्रेसको नयाँ केन्द्रीय समिति चयन हुने

काठमाडौं- नेपाली कांग्रेसको जारी दोस्रो विधान महाधिवेशन नयाँ केन्द्रीय कार्यसमिति

कांग्रेस विशेष महाधिवेशन : सभापति पदको उम्मेदवारी शुल्क ३० हजार

काठमाडौं- नेपाली कांग्रेसको जारी दोस्रो विशेष महाधिवेशन अब नयाँ नेतृत्व

कालिका पावर कम्पनीको आम्दानी बढ्यो

चितवन– कालिका पावर कम्पनीको आर्थिक वर्ष २०८१-८२ मा सेयर आम्दानी

टी-२० विश्वकपको माहौलमा माइडियाका ग्राहकलाई मुम्बई यात्रा उपहार

काठमाडौं- माइडियाले भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा आयोजना हुने आईसीसी टी