‘पूर्ण खोप सुनश्चिततालाई विशेष ध्यान दिनुपर्छ’ « Khabarhub

‘पूर्ण खोप सुनश्चिततालाई विशेष ध्यान दिनुपर्छ’


३ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पूर्ण खोप सुनिश्चितताको निरन्तरतालाई विशेष ध्यान दिनुपर्ने बताएका छन् ।

विराटनगर महानगरपालिकाद्वारा आज यहाँ आयोजित ‘पूर्ण खोप सुनश्चितता घोषणसभा’को उद्घाटन कार्यक्रममा उनले खोपलाई निरन्तरता दिन सम्बन्धित पक्ष, स्वास्थ्य स्वयंसेवका र जनप्रतिनिधिहरूलाई विशेष चनाखो हुन आग्रह गरे।

मुख्यमन्त्री कार्कीले व्यवस्थित बसोबास नभएका कारण सहरी क्षेत्रका बालबालिकासमेत खोपको दायरामा नआएको हुनसक्ने चर्चा गर्दै महानगरपालिकाले डिजिटल अभिलेखको व्यवस्थित रुपमा राखी खोपको सुनिश्चितता गर्नुपर्नेमा जोड दिए। उनले आजका स्वास्थ्य केटाकेटी भोलिका कर्णधार भएकाले उनीहरूमार्फत समाज र  राष्ट्रको विकास र समृद्धिमा सघाउ पुग्ने धारणा राखे ।

मुलुक विकासोन्मुख भएकाले यसको प्राथमिकता सडक, पुल भए पनि मानव स्वास्थ्यप्रति सरकार संवेदनशील भई आवश्यक बजेट विनियोजन गर्ने मुख्यमन्त्री कार्कीले बताए । उनले यस क्षेत्रमा कोरोना सङ्क्रमित वृद्धि हुन नदिन भारतसँग जोडिएका नाकाहरूमा आवश्यक सतर्कता अपनाउन प्रदेश सरकार र महानगरपालिकाले संयुक्त रूपमा एन्टिजेनपिसिआर परीक्षणको व्यवस्थाको  तयारीको व्यवस्था सुरु गर्ने जानकारी दिए।    

स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बूले पूर्ण खोप सान्दर्भिक र आवश्यक भएको चर्चा यसले अन्य पालिकालाई प्रेरणा दिने विश्वास व्यक्त गरे । जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राईले खोपको अभिलेख नगर र वडामा राख्नु पर्नेमा जोड दिँदै यो कार्यको निरन्तरता आवश्यक रहेको चर्चा गरे  । विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले पूर्ण खोप सुनिश्चिततामा स्वास्थ्य स्वयंसेवका, जनप्रतिनिधिहरूको महत्वपूर्ण भूमिका रहेको धारणा राखे।

सभामा उपप्रमुख शिल्पा निराला कार्की, बर्जु गाउँपालिकाका अध्यक्ष जीवछ राय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेल र महानगरका कार्यकारी अधिकृत विष्णुप्रसाद कोइरालाले खोप सेवा प्राप्त गर्नु बालबालिका र नागरिकको नैसर्गिक अधिकारी भएको स्पष्ट पारे।

सो अवसरमा मुख्यमन्त्री कार्कीले महानगरप्रमुख कोइराला  एवं  १९ वडा अध्यक्षहरूलाई खोप सुनिश्चितताको प्रमाणपत्र दिए । उनले खोप सुनिश्चतता प्रतिबद्धता पत्रमा समेत हस्ताक्षर  गरेका थिए ।

महानगरपालिमा  रहेका १६ देखि ५९ महिनाका १७ हजार पाँच सय दुई बालबालिकामध्ये खोप लगाउन छुट भएका एक हजार पाँच सय ९२ लाई पूर्ण खोप गरिसकेको र आगामी दिनमा कुनै बालबालिका खोपबाट वञ्चित नहुन ‘खोप सुनिश्चिता घोषणा’ गरिएको हो । महानगरले १३ वटा विभिन्न खोपहरु ३५ विभिन्न  वडा कार्यालय, स्वास्थ्य केन्द्रमार्फत निःशुल्क रुपमा प्रदान गर्दै आएको छ  ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ६ : २६ बजे

भारतीय प्रधानमन्त्री मोदी र नेदरल्यान्ड्सका समकक्षीबीच पहिलो पटक वार्ता

नयाँदिल्ली- भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेदरल्यान्ड्सका प्रधानमन्त्री रोब जेत्तेनबीच

ऊर्जा मन्त्रालयमा प्लास्टिकको झोला निषेध

काठमाडौं–  ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयमा प्लास्टिकको झोला निषेध गरेका छन् । 

शासकीय सुधारका एक सय कार्यसूचीमा ‘डिजिटल’ शासन

काठमाडौं– सरकारले शासकीय सुधारका एक सय कार्यसूचीमार्फत ‘डिजिटल’ शासन र

सुदूरपश्चिमका सांसदहरूसँग छलफलमा प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाका सांसदहरूसँग सोमबारदेखि थालेको छलफललाई

बादलको अध्यक्षतामा एमालेको बैठक, महेश भन्छन् : विरोधका थप कार्यक्रम तय गर्छौँ

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गत शनिबार पक्राउ