कास्की मालपोतको घटना छानविन गरी रिपोर्ट पेश गर्न मन्त्री श्रेष्ठको निर्देशन « Khabarhub

कास्की मालपोतको घटना छानविन गरी रिपोर्ट पेश गर्न मन्त्री श्रेष्ठको निर्देशन


३ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठले मालपोत कार्यालय कास्कीको कर्मचारीहरूले आर्थिक चलखेल गरि सेटिङमा काम गर्ने गरेको कुरा तत्काल छानविन गर्न निर्देशन दिएकी छन् । आइतबार मन्त्री श्रेष्ठले भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक पद्म निधि सोतीलाई ठाडो निर्देशन दिएकी हुन् । 

केही दिनअघि मात्रै मालपोत कार्यालय कास्कीका कर्मचारीहरूले आर्थिक चलखेल गरि सेटिङमा काम गर्ने गरेको एक टेलिभिजन कार्यक्रमबाट सार्वजनिक भएको थियो ।

सोही घटनाको विषयमा थप सत्यतथ्य छानविन गरि विभागीय कारवाही गर्न मन्त्री श्रेष्ठले निर्देशन दिएकी हुन् । ‘मैले नेतृत्व गरेको मन्त्रालय अन्तरगत हुने कुनै पनि अनियमितता, भ्रष्ट्राचार र गलत कामलाई म नजरअन्दाज गर्न सक्दिनँ ।

जसरी मालपोत कार्यालय कास्कीको भिडियो मिडिया र सामाजिक सञ्जालमा भाइरल भइहेको छ त्यस विषयमा तत्काल छानविन गरि रिपोर्ट बुझाउनु होला’, मन्त्री श्रेष्ठले महानिर्देशकलाई टेलिफोनमा भनिन् । 

मन्त्री श्रेष्ठले कास्की मात्रै हैन अन्य जिल्लाको मालपोत तथा नापी कार्यालयहरूको अवस्था र समस्याका विषयमा अध्ययन गरि रिपोर्ट पेश गर्न निर्देशन दिइन् । मालपोत र नापी कार्यालयहरूमा सेटिङमा हुने अनियमितताको जालो आफ्नो नेतृत्वमा न्यूनीकरण गर्ने उनले  बताइन् ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ८ : ०३ बजे

भक्तपुरमा हर्षोल्लासका साथ किजापुजा मनाइयो

भक्तपुर – नेवार समुदायमा दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, सद्भाव र

एनपीएलमा सुदूरपश्चिमको रोमाञ्चक जित : एक बल बाँकी हुँदा जनकपुर ९३ रनमा समेटियो

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार लो स्कोरिङ

सञ्जय बने चौथो स्टोन स्किपिङ च्याम्पियन

सुनसरी- बराहक्षेत्रमा आयोजित चौथो स्टोन स्किपिङ च्याम्पियनसिपको उपाधि चतराका सञ्जय

मौलिक देउसी–भैलोमा ‘पुन समाज पोखरा’ च्याम्पियन

कास्की- नेपाली मौलिक देउसी–भैलोको संरक्षण र सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने

कोप–३१ : जलवायु उत्थानशील ऊर्जा पूर्वाधार र स्वच्छ ऊर्जा लगानीबारे छलफल

काठमाडौँ- संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलन (कोप–३१) अन्तर्गत नेपाल