कालीकोटमा समयमै पुग्यो पाठ्यपुस्तक « Khabarhub

कालीकोटमा समयमै पुग्यो पाठ्यपुस्तक


३ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

कालीकोट – कालीकोटमा चालु शैक्षिक सत्रको सुरुआतमा नै सामुदायिक विद्यालयमा पाठ्पुस्तक पुगेका छन् । विगतका वर्षमा समयमै पाठ्यपुस्तक नपुग्ने यस जिल्लामा चालु शैक्षिक सत्रको पहिलो हप्तामा नै सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगेका हुन् ।

चालु शैक्षिक सत्रको पहिलो सुरुआतमै सबै सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगेका हुन् । अघिल्ला वर्षमा जनक शिक्षा सामग्री केन्द्रले समयमा किताब नदिएका कारणले जहिले पनि पुस्तकको अभाव हुने गरेको थियो । यस पटक समयमै पाठ्यपुस्तक पुगेको जिल्ला शिक्षा समन्वय एकाइका प्रमुख प्रकाशचन्द्र धितालले जानकारी दिए ।

“पाठ्यपुस्तक खरिद गर्ने रकम गाउँपालिकाको खातामा जम्मा भइसकेको छ”, उनले भने , “पालिकाले विद्यालयको खातामा पैसा पठाइसकेको छ । विद्यालयहरूले पुस्तक खरिद गरिसकेका छन् ।” समयमा नै जिल्लामा पाठ्यपुस्तक आएकाले वितरणको काम थालिएको खाँडा चक्र नगरपालिका मान्म बजारमा सञ्चालित विनोद बुक सेन्टरका वितरक नन्दबहादुर शाहीले बताए ।

विगतका वर्षमा विद्यालयमा शैक्षिक सत्र सकिँदा पनि पाठ्यपुस्तक विना नै पढाउनुपर्ने बाध्यता रहेको तर अहिले त्यो समस्या हल भएको नरहरिनाथ गाउँपालिका–९ लालु जनप्रभात माध्यमिक विद्यालयमा प्रधानध्यापक निर्मलकुमार विष्टले जानकारी दिए । “हामीले विद्यार्थी भर्नासँगै पाठ्यपुस्तक दिने गरेका छौँ”, उनले भने, “नयाँ वर्षको दुई दिन बिदा भएकाले आजदेखि विद्यालयमा भर्ना खुला गरेका छौँ । भर्ना हुने विद्यार्थीलाई पाठ्यपुस्तक पनि सँगै दिने गरेका छौँ ।”

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ८ : ४१ बजे

टी-२० विश्वकपको माहौलमा माइडियाका ग्राहकलाई मुम्बई यात्रा उपहार

काठमाडौं- माइडियाले भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा आयोजना हुने आईसीसी टी

कांग्रेसका प्रतिनिधिलाई जेन-जीले भने : पार्टीसँगै राष्ट्रिय राजनीतिमा आमूल परिवर्तनको खाँचो छ

काठमाडौं- नेपाली कांग्रेसनिकट जेन-जीहरूले पार्टीको नेतृत्वमा राष्ट्रिय राजनीतिमा आमूल परिवर्तन

ग्रिनल्यान्डबारे अमेरिकी आक्रमणको जोखिम जर्मनीले न्यून ठान्यो

एजेन्सी– जर्मनीका शीर्ष कूटनीतिज्ञले डेनमार्कको स्वायत्त क्षेत्र ग्रिनल्यान्ड कब्जा गर्ने

जितुको फिल्म ‘आई एम जितबहादुर’मा दुई नायिका वर्षा र प्रियंका

काठमाडौं – कलाकार जितु नेपालले निर्माण घोषणा गरेको फिल्म ‘आई

कांग्रेस विशेष महाधिवेशन : प्रतिनिधिको नाराबाजीपछि सार्वजनिक भयो निर्वाचन तालिका

काठमाडौं- नेपाली कांग्रेसको तीन दिनदेखि काठमाडौंमा जारी विशेष केन्द्रीय महाधिवेशन