धुलिखेल–खावा सडक खण्ड १२ घण्टाका लागि बन्द « Khabarhub

धुलिखेल–खावा सडक खण्ड १२ घण्टाका लागि बन्द


३ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल–खावा सडक खण्ड १२ घण्टाका लागि बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आज दिउँसो सूचना जारी गर्दै सो सडक खण्डमा मर्मतसम्भार गर्नुपर्ने भएकाले आज राति ८ बजेदेखि भोलि बिहान ८ बजेसम्मका लागि बन्द गरेको जनाएको छ ।

सडकको अवस्था दयनीय भई स्थानीय नागरिकलाई आवतजावतमा कठिनाइ हुनाका साथै कुनै पनि समयमा दुर्घटना हुन सक्ने अवस्था रहेकाले रातारात उक्त सडक मर्मतका लागि सम्बन्धित ठेकेदार कम्पनी, स्थानीय जनप्रतिनिधि र स्थानीय प्रशासनसमेतको सक्रियतामा तीव्ररूपमा सडक मर्मत भइरहेको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । सो समयमा धुलिखेलदेखि पाँचखालसम्मको सडकखण्डमा सम्पूर्ण सवारी साधन आवागमनमा पूर्णरूपमा रोक लगाइएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  १० : ३२ बजे

कालिका पावर कम्पनीको आम्दानी बढ्यो

चितवन– कालिका पावर कम्पनीको आर्थिक वर्ष २०८१-८२ मा सेयर आम्दानी

टी-२० विश्वकपको माहौलमा माइडियाका ग्राहकलाई मुम्बई यात्रा उपहार

काठमाडौं- माइडियाले भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा आयोजना हुने आईसीसी टी

कांग्रेसका प्रतिनिधिलाई जेन-जीले भने : पार्टीसँगै राष्ट्रिय राजनीतिमा आमूल परिवर्तनको खाँचो छ

काठमाडौं- नेपाली कांग्रेसनिकट जेन-जीहरूले पार्टीको नेतृत्वमा राष्ट्रिय राजनीतिमा आमूल परिवर्तन

ग्रिनल्यान्डबारे अमेरिकी आक्रमणको जोखिम जर्मनीले न्यून ठान्यो

एजेन्सी– जर्मनीका शीर्ष कूटनीतिज्ञले डेनमार्कको स्वायत्त क्षेत्र ग्रिनल्यान्ड कब्जा गर्ने

जितुको फिल्म ‘आई एम जितबहादुर’मा दुई नायिका वर्षा र प्रियंका

काठमाडौं – कलाकार जितु नेपालले निर्माण घोषणा गरेको फिल्म ‘आई