अष्ट्रेलियाली सहायक परराष्ट्र मन्त्री वाट्स नेपालमा  « Khabarhub

अष्ट्रेलियाली सहायक परराष्ट्र मन्त्री वाट्स नेपालमा 


२ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

अष्ट्रेलियाली सहायक परराष्ट्र मन्त्री टिम वाट्स, एमपि, दुई दिने भ्रमणका क्रममा आज काठमाडाैँ आइपुगेका हुन् । भ्रमणमा अष्ट्रेलिया र नेपालसँगको सम्बन्ध र भविष्यमा हुनसक्ने सहकार्यका अवसरहरूको बारेमा छलफल हुनेछ ।

सहायक मन्त्री वाट्सले प्रधानमन्त्री पुष्प कमल दाहालसँग र परराष्ट्रमन्त्री नारायण प्रकाश साउदसँग शिष्टाचार भेट गर्नेछन् । उनले भेटमा अष्ट्रेलियासंगको सहकार्य, ६३ बर्ष भन्दा पुरानो दौत्य सम्बन्ध र झाँगिदो जनस्तरको सम्बन्धको बारेमा  छलफल गर्नेछन् । अष्ट्रेलियामा नेपाली समुदाय सबै भन्दा चाँडो बढिरहेको आप्रवासी जनसंख्या भएको छ र हाल करिब १३०,००० जना नेपालीहरू अष्ट्रेलियामा बसोबास गर्दछन् ।  

भ्रमण कार्यक्रमको मुख्य आकर्षणका रुपमा ई.सं १३औं शताव्दीको पाटनको सुलीम टोल स्थित रत्नेश्वर मन्दिरको टुँडाल समुदायलाई फिर्ता गर्न पाटन संग्राहालयमा आयोजना हुने कार्यक्रममा सहायक मन्त्री वाट्स सहभागी हुनेछन् । आर्ट ग्यालरी न्यु साउथ वेल्सले यो महत्वपूर्ण कलाकृति नेपाललाई फिर्ता गरेको हो र उक्त संग्राहालयका निर्देशक डा. माईकल ब्रान्डले उक्त टुँडाल हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । 

काठमाडाैँ विश्वविद्यालयमा सहायक मन्त्री वाट्सले उक्त विश्वविद्यालयको हाल अष्ट्रेलियाली संस्थाहरूसंग भइरहेको सहकार्य र खानी उत्खनन, हरित हाइड्रोजन इन्धन सम्बन्धी अनुसन्धान र हाल भईरहेका विद्यार्थी आदानप्रदान कार्यक्रम लगायतका विषयहरूमा भविष्यमा हुनसक्ने सहकार्यका बारेमा जानकारी लिनेछन् ।  

सहायक मन्त्री वाट्सले बनेपा स्थित बायोभ्याक कम्पनीमा अत्याधुनिक निदानात्मक परिक्षण प्रयोगशाला र पशु खोप विकास तथा उत्पादन कार्यमा अष्ट्रेलियाबाट भएको प्रविधि हस्तान्तरण र शैक्षिक र अनुसन्धान सहकार्यका बारेमा जानकारी लिने छन् ।  

सहायक मन्त्री वाट्सले डा सन्दुक रुइत र अष्ट्रेलियाली डा फ्रेड हलोजको सहकार्यमा स्थापित आँखा स्वास्थ्यको उत्कृष्ट केन्द्रका रुपमा परिचित तिलगंगा आँखा प्रतिष्ठानको भ्रमण गर्ने कार्यक्रम छ । गएका तीस वर्षहरूमा अष्ट्रेलियाली सरकार र फ्रेड हलोज फाउण्डेशनले तिलगंगा आँखा प्रतिष्ठानलाई आँखा स्वास्थ्य सेवा प्रदान गर्न सहयोग गरिरहेको छ । साथै उक्त सहयताबाट नेपालमा र अन्तराष्ट्रिय स्तरमा बितरण हुने ईन्ट्रा अकुलर लेन्स उत्पादन गर्ने कारखाना स्थापना भएको छ । 

सहायक मन्त्री वाट्सले अष्ट्रेलियाका हिन्दु र बौद्धमार्गीहरूको आस्थाको केन्द्र रहेका र उनीहरूको सांस्कृतिक सम्बन्ध रहेको पशुपतिनाथ मन्दिर र बौद्धनाथ पेरिसको पनि भ्रमण गर्नेछन् । उनले अष्ट्रेलियाबाट शिक्षा प्राप्त गरेर नेपालका बिभिन्न क्षेत्रमा कार्य गर्दै सफलता हासिल गरेका नेपाली विद्यार्थीहरूलाई पनि भेट्ने कार्यक्रम रहेको छ । 

यसै गरि सहायक मन्त्री वाट्सले अष्ट्रेलियामा निर्मित पोर्टेवल अल्टिटुड च्यामबर हिमालयन उद्धार संघलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । उक्त उपकरण संघले फेरीचे र सगरमाथा आधार शिविरमा रहने आकस्मिक क्लिनिकमा प्रयोग गर्नेछ । 

सहायक मन्त्री वाट्सको यो भ्रमण कार्यक्रममा बंगलादेशमा छैटौं हिन्द महासागर सम्मेलनमा सहभागी हुने र भुटान र भारतको भ्रमण गर्ने कार्यक्रम पनि समावेश छ ।

प्रकाशित मिति : २ जेठ २०८०, मंगलबार  १० : ३६ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर