विपद् जोखिम न्यूनीकरणका लागि अत्याधुनिक साइरन जडान | Khabarhub Khabarhub

विपद् जोखिम न्यूनीकरणका लागि अत्याधुनिक साइरन जडान


२ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- विपद् जोखिम न्यूनीकरणका लागि शुक्लाफाँटा नगरपालिकाका तीन ठाउँमा अत्याधुनिक साइरन जडान गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आर्थिक तथा प्राविधिक सहयोगमा विपद्को उच्च जोखिममा रहेका स्थानमा ती साइरन जडान गरिएको हो ।

नगरपालिकाको वन वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख कृष्णप्रसाद भट्टका अनुसार साइरनबाट आगलागी, हावाहुरी, बाढी, डुबान, जङ्गली जनावरलगायत विषयमा सहज रुपमा सूचना प्रवाह गर्न सकिने छ । “बीस सेकेन्डसम्मको सन्देश रेकर्ड गरेर सूचना प्रवाह गर्ने क्षमता साइरनमा छ”, उनले भने, “साइरनको आवाज एकदेखि डेढ किलोमिटरसम्म सुन्न सकिन्छ ।” विपद्सम्बन्धी सन्देश नगरपालिकाका महत्वपूर्ण सूचना जडान गरिएका साइरनमार्फत नगरवासीसम्म पुर्‍याउन मद्दत पुग्ने भएको छ ।

विपद्को उच्च जोखिममा रहेको वडा नं ८ को सिद्धनाथ मावि बेलडाँडी, वडा नं १२ को कार्यालय र वडा नं ५ को कार्यालयमा साइरन जडान गरिएका हुन् । साइरनको  प्रणालीबाट  विपद् जोखिम क्षेत्रमा एसएमएस, अनलाइन र साइरनको आवाजमा सूचना सम्प्रेषण हुनेछ । यस प्रणालीमार्फत विपद्का बेला नगरपालिका, जिल्ला, प्रदेश वा केन्द्रबाट जारी गरिएका सूचना पनि प्रवाह गर्न सकिनेछ । यसका लागि पाँच सय मिटरको क्षेत्रमा रिमोटको सहायतामा साइरन सञ्चालन गर्न सकिन्छ ।

बाढीको उच्च जोखिम रहेका क्षेत्र तथा जङ्गली जनावरबाट असर परेका क्षेत्रमा साइरन जडान गरिएको नगरप्रमुख रणबहादुर महराले बताए ।
साइरन जडान गरेपछि विपद्जन्य घटनाहरुमा कमी आउने विश्वास लिइएको र आवश्यकताअनुसार अन्य वडामा पनि विपद् जोखिम न्यूनीकरणका लागि कार्य अगाडि बढाइने उनको  भनाइ थियो ।

“नगरपालिकामा सबैभन्दा ठूलो समस्या बाढी र जङ्गली जनावरकै हो”, नगर उपप्रमुख कल्पना पन्तले भनिन्, “प्रत्येक वर्ष धनजनको क्षतिसँगै मानवीय क्षति हुँदै आएको छ, त्यस कार्यलाई न्यूनीकरण गर्न साइरन जडानले  मद्दत पुर्‍याउँछ ।”

प्रकाशित मिति : २ जेठ २०८०, मंगलबार  १ : ४५ बजे

फर्जी कागजात प्रकरणमा बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा बर्खास्त

काठमाडौं – बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई फर्जी कागजात प्रयोग

दिल्लीमा भारतीय र चिनियाँ विदेश मन्त्रीबीच उच्चस्तरीय वार्ता

काठमाडौं – भारतका विदेशमन्त्री डा.एस जयशंकर र चीनका पोलिट ब्युरो

घुस रकमसहित पक्राउ परेका वरिष्ठ वन अधिकृत यादवविरुद्ध आरोपपत्र दायर

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, कैलालीमा

सप्तरी घोंगी टिप्ने क्रममा डुबेर वृद्धाको मृत्यु

सप्तरी – घोंगी टिप्ने क्रममा अग्निसाइर कृष्णासवरण गाउँपालिकामा आज एक

च्याङ्ग्रा जोनमा ७८ पशु फार्म सूचीकृत

मुस्ताङ – राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ मुस्ताङअन्तर्गत सञ्चालित