ह्वाट्सएपकाे च्याट गोप्य राख्न सकिने « Khabarhub

ह्वाट्सएपकाे च्याट गोप्य राख्न सकिने


२ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मेटा कम्पनीका प्रमुख मार्क जुकरबर्गले ह्वाट्सएप च्याटलाई अझ सुरक्षित बनाउने उद्देश्यले नयाँ फिचर लन्च गरेका छन् । यो फिचरलाई ‘ह्वाट्सएप च्याट लक’ नाम दिइएको छ ।

ह्वाट्सएपको स्वामित्वमा रहेको कम्पनी मेटाका सिइओ मार्क जुकरबर्गले फेसबुक पोस्टमा च्याट लक फिचर सुरु भएको जानकारी दिएका छन् ।

उनले लेखेका छन्, ‘ह्वाट्सएपमा नयाँ लक गरिएको च्याटले तपाईँको कुराकानीलाई थप गोप्य अर्थात् अझ सुरक्षित बनाउने छ ।’

जुकरबर्गले लेखेका छन्, ‘यो सुविधाले तपाइँको सबै व्यक्तिगत जानकारी पासवर्ड मार्फत सुरक्षित गर्नेछ। यसले यी सबै जानकारीलाई छुट्टै फोल्डरमा राख्नेछ। जब कसैले तपाईँलाई सन्देश पठाउँछ र तपाईँले च्याट लक गर्नुहुन्छ, प्रेषकको नाम र सन्देश दुवै लुकाइने छ ।’

जुकरबर्गका अनुसार, ‘यदि तपाईँले च्याट लक गर्नुभयो भने, अब यो केवल पासवर्ड वा बायोमेट्रिक मार्फत देख्न सकिन्छ । यो सुविधाले च्याटलाई सूचनाहरूबाट पनि हटाउनेछ । अर्थात्, तपाईँले कसैसँग च्याट लक गर्नुभयो, त्यसपछि अरू कसैको हातमा फोन भए पनि तिनीहरूले त्यो देख्न सक्ने छैनन् । साथै, यस च्याटसँग सम्बन्धित कुनै सूचना आउने छैन ।’

जुकरबर्ग भन्छन्, ‘यो फिचर ती व्यक्तिहरूका लागि फाइदाजनक छ, जसले आफ्नो फोन कुनै न कुनै कारणले अन्य व्यक्तिलाई दिन्छन् । फोन पनि परिवारका सदस्यहरूसँग साझा गर्नुपर्छ। यस्तो अवस्थामा उनको व्यक्तिगत कुरा सधैँ गोप्य रहन्छ ।

मेटाका सीईओले यो च्याट लकमा फोनको लक कोड राख्नु आवश्यक नरहेको बताए । यो अलग सेट गर्न सकिन्छ ।

प्रकाशित मिति : २ जेठ २०८०, मंगलबार  ४ : १३ बजे

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै