ह्वाट्सएपकाे च्याट गोप्य राख्न सकिने « Khabarhub

ह्वाट्सएपकाे च्याट गोप्य राख्न सकिने


२ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मेटा कम्पनीका प्रमुख मार्क जुकरबर्गले ह्वाट्सएप च्याटलाई अझ सुरक्षित बनाउने उद्देश्यले नयाँ फिचर लन्च गरेका छन् । यो फिचरलाई ‘ह्वाट्सएप च्याट लक’ नाम दिइएको छ ।

ह्वाट्सएपको स्वामित्वमा रहेको कम्पनी मेटाका सिइओ मार्क जुकरबर्गले फेसबुक पोस्टमा च्याट लक फिचर सुरु भएको जानकारी दिएका छन् ।

उनले लेखेका छन्, ‘ह्वाट्सएपमा नयाँ लक गरिएको च्याटले तपाईँको कुराकानीलाई थप गोप्य अर्थात् अझ सुरक्षित बनाउने छ ।’

जुकरबर्गले लेखेका छन्, ‘यो सुविधाले तपाइँको सबै व्यक्तिगत जानकारी पासवर्ड मार्फत सुरक्षित गर्नेछ। यसले यी सबै जानकारीलाई छुट्टै फोल्डरमा राख्नेछ। जब कसैले तपाईँलाई सन्देश पठाउँछ र तपाईँले च्याट लक गर्नुहुन्छ, प्रेषकको नाम र सन्देश दुवै लुकाइने छ ।’

जुकरबर्गका अनुसार, ‘यदि तपाईँले च्याट लक गर्नुभयो भने, अब यो केवल पासवर्ड वा बायोमेट्रिक मार्फत देख्न सकिन्छ । यो सुविधाले च्याटलाई सूचनाहरूबाट पनि हटाउनेछ । अर्थात्, तपाईँले कसैसँग च्याट लक गर्नुभयो, त्यसपछि अरू कसैको हातमा फोन भए पनि तिनीहरूले त्यो देख्न सक्ने छैनन् । साथै, यस च्याटसँग सम्बन्धित कुनै सूचना आउने छैन ।’

जुकरबर्ग भन्छन्, ‘यो फिचर ती व्यक्तिहरूका लागि फाइदाजनक छ, जसले आफ्नो फोन कुनै न कुनै कारणले अन्य व्यक्तिलाई दिन्छन् । फोन पनि परिवारका सदस्यहरूसँग साझा गर्नुपर्छ। यस्तो अवस्थामा उनको व्यक्तिगत कुरा सधैँ गोप्य रहन्छ ।

मेटाका सीईओले यो च्याट लकमा फोनको लक कोड राख्नु आवश्यक नरहेको बताए । यो अलग सेट गर्न सकिन्छ ।

प्रकाशित मिति : २ जेठ २०८०, मंगलबार  ४ : १३ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल