कांग्रेसको संस्थापनइतर समूहले देशैभरी भेला गर्ने | Khabarhub Khabarhub

कांग्रेसको संस्थापनइतर समूहले देशैभरी भेला गर्ने


२ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसको संस्थापनइतर असन्तुष्ट समूहले देशैभरी अलग्गै भेला गर्ने भएको छ ।

संस्थापन पक्षको गतिविधिप्रति असन्तुष्टि जनाउँदै इतर समूहले ‘रुपान्तरण अभियान’ अन्तर्गत देशैभरी भेला गर्ने भएको हो ।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा मधु आचार्य, गुरुराज घिमिरे, रञ्जित कर्णलगायतका नेताहरुले सो अभियानको घोषणा गरेका हुन् । जसअनुसार जनकपुरबाट सुरु हुने प्रदेशस्तरीय बैठक र भेला २९ जेठमा इटहरीमा पुगेर सकिने छ ।

आज घोषित कार्यक्रमअनुसार जेठ ११ गते जनकपुरमा मधेस प्रदेशको भेला हुनेछ भने बाग्मती प्रदेशको भेला जेठ १६ गते काठमाडौंमा हुनेछ ।

यसैगरी, गण्डकी प्रदेशको २० गते पोखरामा, लुम्बिनी प्रदेशको जेठ २२ गते दाङमा, कर्णाली प्रदेशका २४ गते सुर्खेतमा, सुदूरपश्चिम प्रदेशको भेला जेठ २६ गते धनगढीमा र कोशी प्रदेशको भेला २९ गते जेठमा हुनेछ ।

कांग्रेसलाई रुपान्तरण गर्नका लागि सो भेला आयोजना गर्न लागेको आयोजकहरुले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २ जेठ २०८०, मंगलबार  ५ : ०३ बजे

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून