कांग्रेसको संस्थापनइतर समूहले देशैभरी भेला गर्ने « Khabarhub

कांग्रेसको संस्थापनइतर समूहले देशैभरी भेला गर्ने


२ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसको संस्थापनइतर असन्तुष्ट समूहले देशैभरी अलग्गै भेला गर्ने भएको छ ।

संस्थापन पक्षको गतिविधिप्रति असन्तुष्टि जनाउँदै इतर समूहले ‘रुपान्तरण अभियान’ अन्तर्गत देशैभरी भेला गर्ने भएको हो ।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा मधु आचार्य, गुरुराज घिमिरे, रञ्जित कर्णलगायतका नेताहरुले सो अभियानको घोषणा गरेका हुन् । जसअनुसार जनकपुरबाट सुरु हुने प्रदेशस्तरीय बैठक र भेला २९ जेठमा इटहरीमा पुगेर सकिने छ ।

आज घोषित कार्यक्रमअनुसार जेठ ११ गते जनकपुरमा मधेस प्रदेशको भेला हुनेछ भने बाग्मती प्रदेशको भेला जेठ १६ गते काठमाडौंमा हुनेछ ।

यसैगरी, गण्डकी प्रदेशको २० गते पोखरामा, लुम्बिनी प्रदेशको जेठ २२ गते दाङमा, कर्णाली प्रदेशका २४ गते सुर्खेतमा, सुदूरपश्चिम प्रदेशको भेला जेठ २६ गते धनगढीमा र कोशी प्रदेशको भेला २९ गते जेठमा हुनेछ ।

कांग्रेसलाई रुपान्तरण गर्नका लागि सो भेला आयोजना गर्न लागेको आयोजकहरुले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २ जेठ २०८०, मंगलबार  ५ : ०३ बजे

 सभामुखसँग अमेरिकी कावा राजदूत शिष्टाचार भेट

काठमाडौँ– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।

उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट

पाकिस्तानी लेजेन्ड मिस्बाह-उल-हक सुदूरपश्चिम रोयल्सको प्रशिक्षक

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल टिम सुदूरपश्चिम रोयल्सले पाकिस्तानी लेजेन्ड

सरकारी सफ्टवेयर प्रणाली सुधारका लागि प्राविधिक विज्ञ माग, कात्तिक १८ सम्म आवेदन दिन सकिने

काठमाडौँ – नेपाल सरकारका निकायहरूका लागि आवश्यक सफ्टवेयर प्रणालीको विकास,