काठमाडौँमा ‘नेपाल चेम्बर एक्स्पो २०२३’ हुने  « Khabarhub

काठमाडौँमा ‘नेपाल चेम्बर एक्स्पो २०२३’ हुने 


२ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल चेम्बर अफ कमर्सको आयोजनामा ‘नेपाल चेम्बर एक्स्पो २०२३’ जेठ ४ गतेदेखि काठमाडौँमा सुरु हुने भएको छ ।

चेम्बरले मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै जेठ ४ देखि ८ गतेसम्म काठमाडौँको भृकुटीमण्डपस्थित प्रदर्शनी कक्षमा एक्स्पो आयोजना गर्न लागेको जानकारी दिएको हो ।

निर्यात प्रवर्द्धन, वैदेशिक लगानी आकर्षण र अन्तर्राष्ट्रिय आर्थिक संगठन केन्द्रित क्रियाकलाप नै आर्थिक कूटनीतिको उद्देश्य भएकाले मेला आयोजना गर्न लागिएको चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिए ।

छैटौँ संस्करणको रूपमा सञ्चालन हुन लागेको एक्स्पोमा व्यापारिक अन्तरक्रिया, आयात–निर्यातको सूचना आदान–प्रदान तथा नेपाली उत्पादनको बजारीकरणमा विशेष जोड दिएको उनले बताए ।

१५० भन्दा बढी स्टल रहने एक्स्पोमा नेपाल लगायत भारत, पाकिस्तान, बंगलादेश, तथा अन्य मुलुकमा उत्पादित सामाग्रीहरू रहने मल्लले जानकारी दिए । मुलुकको आर्थिक क्षेत्रलाई चलायमान बनाउनका लागि पनि एक्स्पोको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ छ ।

एक्स्पोमा अटोमोबाइल, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक, फ्लोरिङ, होम अप्लायन्सेस, फेसन वेयर एण्ड एसेसोरिज, गार्मेन्ट एण्ड टेक्स्टायल, मोबाइल एण्ड ग्यालेट्जलगायत सामग्रीको प्रदर्शनी गरिने आयोजकको भनाइ छ ।

प्रकाशित मिति : २ जेठ २०८०, मंगलबार  ५ : १६ बजे

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर