खानी विवाद हिंसामा परिणत हुँदा पाकिस्तानमा १६ जना मारिए | Khabarhub Khabarhub

खानी विवाद हिंसामा परिणत हुँदा पाकिस्तानमा १६ जना मारिए


२ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

पाकिस्तान – कोहट कोइलाखानी विवादले हिंसात्मक रूप लिँदा १६ जनाको मृत्यु भएको छ । खानीको सीमाङ्कनका बारेमा आदिवासी जनजाति समूहबीच झडप हुँदा १६ जनाले ज्यान गुमाएका एआरवाई न्युजले जनाएको छ ।

पहाडी समुदायका दुई जातिबीचको विवाद हिंसामा परिणत हुँदा १४ जनाको घटनास्थलमा र अन्य दुई जनाको उपचारका क्रममा मृत्यु भएको कोहट प्रहरी कार्यालयका प्रवक्ताले बताएका छन् ।

बुलन्दरी पहाडको सीमाङ्कनलाई लिएर सुनिखेल र अखोरवाल जातिबीच लामो समयदेखि विवाद जारी छ । दुवै पक्षले आफ्नो अडान नछाडेपछि दुःखद घटना भएको प्रहरीले जनाएको छ । झडपबारे जानकारी पाउने बित्तिकै सुरक्षाकर्मी घटनास्थल पुगेका तथा स्थितिलाई नियन्त्रणमा लिइएको एआरवाईको समाचारमा उल्लेख छ ।

प्रकाशित मिति : २ जेठ २०८०, मंगलबार  ९ : ४४ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास