बाल विवाहका अभियुक्त भारतीय नागरिकलाई कैद « Khabarhub

बाल विवाहका अभियुक्त भारतीय नागरिकलाई कैद


२ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सप्तरीकी १७ वर्षीया एक बालिकासँग बाल विवाह गर्ने भारतीय नागरिकलाई आज तीन महिना कैद सजायको फैसला भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले जम्मु काश्मिर राज्य श्रीनगर अविकरपोरा पालामोराका ४१ वर्षीय गुलाम जिलानीलाई कैद सजायको फैसला भएको हो ।

बाल विवाह गराउन सहयोग गर्ने भारत जम्मु काश्मिर राज्य रैनवारीका ४० वर्षीय मो रफिकखार र उनकी पत्नी २७ वर्षीया नुर जहानलाई साढे एक महिना कैद सजाय भएको सप्तरी जिल्ला अदालतले जनाएको छ । अदालतका सूचना अधिकारी भरतमणि पोखरेलका अनुसार जिलानीलाई दुई हजार तथा खार र जहानलाई जनही एक हजार रूपियाँ जरिवाना भएको छ । तीनै आरोपितबाट फौजदारी कसुर पीडित राहत कोषमा जनही दुई सय भराउने फैसलासमेत भएको सूचना अधिकारी पोखरेलले बताए ।

अभियुक्तले तिर्नुपर्ने जरिवाना वापतको रकम भने कैद बसेको अवधिबाट भुक्तान भएको अदालतले जनाएको छ । बालिकाका बुवा र आमाले अभियोग दाबीबाट सफाइ पाएका छन् । बाल विवाह गरेर भारततर्फ जाँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट वनैनियाको टोलीले बालिका र तीन जना आरोपित भारतीय नागरिकलाई पक्राउ गरेर गत माघ १४ गते नेपाल प्रहरीको जिम्मा लगाएको थियो । राजी खुसीले विवाह गरेकाले बालिकाका अभिभावकले उजुरी दिन अस्विकार गरेपछि सशस्त्र प्रहरीकै प्रतिवेदनका आधारमा मुद्दा दर्ता गरिएको छ ।

सशस्त्र प्रहरी निरीक्षक तुलसीराम कार्कीको प्रतिवेदनले जिलानीसहित उनलाई नेपाल ल्याएर विवाह गराउने रफिक खार र उनकी पत्नी नुर जहान तथा बालिका विरुद्ध उजुरी दर्ता भएको थियो । पक्राउ परेका आरोपितहरू गत फागुन ११ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा थिए । अदालतमा फागुन १७ गते हाजिर भएका बालिकाका आमा साधारण तारेखमा र बुवा रु पाँच हजार धरौटी राखी पुर्पक्षका लागि तारेखमा रिहा भएका थिए । बालिकाका बुवा आमाले भने अभियोग दाबीबाट सफाइ पाएका छन् ।

प्रकाशित मिति : २ जेठ २०८०, मंगलबार  १० : ५५ बजे

राष्ट्रपति कार्यालयमा संविधान दिवसको विशेष समारोह (तस्बिरहरु)

काठमाडौं- संविधान दिवस (राष्ट्रिय दिवस) २०८३ का अवसरमा शनिबार राष्ट्रपति

असहमतिलाई सम्मान गर्ने र आलोचनाबाट सिक्ने संस्कारले मात्र लोकतन्त्र बलियो हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले असहमतिलाई सम्मान गर्ने, आलोचनाबाट सिक्ने र

कृषि विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै

चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालयमा स्नातक तहमा अध्ययन गर्न

नेपाल पुलिस स्कुललाई रनिङ फुटबल ट्रफीको उपाधि

भक्तपुर- यस वर्षको सैनिक आवासीय महाविद्यालय अन्तरविद्यालय रनिङ फुटबल ट्रफीको

प्रधानमन्त्रीलाई प्रभु साहको सुझाव : जंगी अड्डामा होइन जनतामा फर्कनुहोस

वीरगञ्ज- आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु