अन्तरपालिका पुरूष भलिबलको उपाधि अन्नपूर्णलाई « Khabarhub

अन्तरपालिका पुरूष भलिबलको उपाधि अन्नपूर्णलाई


१ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

गण्डकी– कास्की जिल्ला अन्तरपालिका पुरूष भलिबल प्रतियोगिताको उपाधि अन्नपूर्ण गाउँपालिकाले जितेको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिद्वारा आयोजित उक्त प्रतियोगितामा बिहीबार सम्पन्न फाइनल खेलमा अन्नपूर्णले माछापुच्छ्रे गाउँपालिकालाई ३–१ गोलअन्तरले हराउँदै उपाधि हात पारेको हो ।

फाइनल खेल पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा भएको हो । उपाधिसँगै अन्नपूर्णले रु ६० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता माछापुच्छ्रेले ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।

यसैगरी रूपा गाउँपालिका ‘बी’लाई ३–० को सोझो सेटमा हराउँदै आयोजक पोखरा महानगरपालिकाको टोली तेस्रो  भयो । महानगरको टोलीले रु ४० हजार, ट्रफी, मेडल र प्रमाणपत्र पायो ।

पोखरा महानगरपालिका भलिबल सङ्घको व्यवस्थापन तथा कास्की जिल्ला भलिबल सङ्घको सहयोगमा प्रतियोगिता आयोजना गरिएको उक्त प्रतियोगितामा अन्नपूर्णका सचिन नेपाली सर्वोत्कृष्ट खेलाडी, माछापुच्छ्रेका समीर गुरूङ उत्कृष्ट डिफेन्डर, पोखरा महानगरपालिकाका विजय परियार उत्कृष्ट स्पाइकर तथा अन्नपूर्णका हरिचन्द्र सुनार उत्कृष्ट प्रशिक्षक घोषित भए । 

उनीहरुलाई जनही पाँच हजार पुरस्कार प्रदान गरिएको महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए। प्रतियोगितामा पोखरा महानगरपालिका, अन्नपूर्ण, मादी र रूपा गाउँपालिकाका दुई-दुई तथा माछापुच्छ्रेको एउटा टोली  सहभागी थिए ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ६ : ४९ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन