भारतमा फेसबुक बन्द गराउने कर्नाटक उच्च अदालतको चेतावनी « Khabarhub

भारतमा फेसबुक बन्द गराउने कर्नाटक उच्च अदालतको चेतावनी


१ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

बैंग्लौर– कर्नाटक उच्च अदालतले फेसबुकलाई भारतमा बन्द गर्न चेतावनी दिएको छ । साउदी अरेबियामा थुनामा रहेका भारतीय नागरिकको मुद्दाको अनुसन्धानमा राज्य प्रहरीसँग फेसबुकले गरेको असहयोगको विषयलाई लिएर सो अदालत फेसबुक बन्द गर्ने चेतावनी दिएको छ । 

न्यायाधीश कृष्ण एसले दक्षिण कन्नड जिल्लाको मंगलुरु नजिकै बिकर्णकट्टे निवासी कविताले दायर गरेको याचिकाको सुनुवाइ गर्दै दीक्षितले यस्तो चेतावनी दिएका हुन्। इजलासले फेसबुकलाई निर्देशन दिएको छ, ‘आवश्यक जानकारीसहितको पूर्ण प्रतिवेदन एक साताभित्र अदालतमा पेस गर्नुपर्छ ।’

साथै, भारतीय नागरिकलाई झुटो मुद्दामा पक्राउ गरेकोमा के कारबाही अघि बढेको छ ? भन्ने जानकारी केन्द्र सरकारले दिनुपर्ने पनि बताए । मङ्गलुरु प्रहरीले पनि उचित अनुसन्धान गरी प्रतिवेदन बुझाउनुपर्ने भन्दै अदालतले सुनुवाइ २२ जुनसम्म स्थगित गरेको छ।

५२ वर्षीय श्रीमान् शैलेश कुमार २५ वर्षदेखि साउदी अरेबियाको एउटा कम्पनीमा काम गर्दै आएको बेला उनलाई पक्राउ गरिएको थियो । 

कविताको पतिले नागरिकता संशोधन ऐन २०१९ र राष्ट्रिय नागरिकता दर्ताको समर्थनमा ९एनआरसी० का बारेमा फेसबुकमा एक पोस्ट पोस्ट गरेका थिए । तर पछि  अज्ञात व्यक्तिले उनको नाममा नक्कली फेसबुक खाता खोलेर साउदी अरबका राजा र इस्लाम धर्मको विरुद्ध आपत्तिजनक पोस्ट गरिदिए । 

फेसबुकमा साउदी अरबको विरुद्धमा पोष्ट गरेको जानकारी पाए लगत्तै उनले कुमारले परिवारलाई यसबारे सुरुमा जानकारी गराए । लगत्तै, उनकी श्रीमती कविताले नक्कली फेसबुक अकाउन्ट खोल्नेलाई कारबाही गर्न माग गर्दै मङ्गलुरुमा प्रहरीमा उजुरी दिए। 

 तर, सोही फेसबुक स्टाटसलाई लिएर साउदी प्रहरीले शैलेश कुमारलाई पक्राउ गरी जेल हालिदियो । उनी विगत पाँच वर्ष देखी साउदी जेलमा छन् ।
सो घटनाको अनुसन्धानको जिम्मा लिएर मंगलुरु प्रहरीले फेसबुकलाई पत्र लेखेर नक्कली फेसबुक खाता खोलिएको बारे जानकारी मागेको थियो। तर, फेसबुकले प्रहरीलाई कुनै प्रतिक्रिया दिएन । 

निवेदकले अनुसन्धानमा ढिलाइको बारेमा प्रश्न गर्दै उच्च अदालतमा निवेदन दिन पुगे। कविताले आफ्ना श्रीमानलाई जेलबाट रिहा गर्न केन्द्र सरकारलाई पत्र पनि लेखेकी थिइन् ।

कविताले भारतीय सञ्चारमाध्यमसँग भनिन, ‘यदी फेसबुकले मैग्लरु प्रहरीको जवाफ दिएको भए, मेरो श्रीमानले जेलमा बस्नु पर्दैनथ्यो, उसले जवाफ नदिएका कारण नै आजसम्म मेरो श्रीमान जेलमा छन् ।’

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ७ : २४ बजे

कांग्रेसका तीन नेताबीच छलफल, भोलि पनि भेटघाट हुने

काठमाडौं- नेपाली कांग्रेसका तीन नेताहरूले आज छलफल गरेका छन् ।

गोरखापत्रको महाप्रबन्धकमा रावल नियुक्त

काठमाडौं- गोरखापत्रमा संस्थानको महाप्रबन्धकमा हिक्मत रावल नियुक्त भएका छन् ।

बन्द कोठाभित्र वा चोरबाटोबाट तिकडम गरेर कोशीको बजेट सच्याउने दुष्प्रयास अस्वीकार्य : नेकपा

काठमाडौं- कोशी प्रदेश सरकारद्वारा प्रदेशसभामा प्रस्तुत आगामी आर्थिक वर्ष २०८३/८४

कर्णाली माइक्रोबस दुर्घटनाप्रति नेकपाद्वारा गहिरो दुःख व्यक्त

काठमाडौं- कर्णाली राजमार्ग अन्तर्गत साङ्गेतडास्थित कर्णाली नदीमा यात्रुवाहक माइक्रो बस

आठजना अतिरिक्त महानिरीक्षकहरूको सरुवा

काठमाडौं– सरकारले आठजना प्रहरी अतिरिक्त महानिरीक्षकहरूको सरुवा गर्ने निर्णय गरेको