आदिपुरुष विवाद : बालेनको कदममा दिपकराज गिरीको समर्थन « Khabarhub

आदिपुरुष विवाद : बालेनको कदममा दिपकराज गिरीको समर्थन


१ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  ‘आदिपुरुष’ चलचित्रका बारेमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले लिएको कदममा कलाकार दिपकराज गिरीले समर्थन जनाएका छन ।

मेयर साहले सीतालाई भारतीय छोरी भनेर सो चलचित्रमा उल्लेख गरे पछि सो शब्द नसच्चिएसम्म काठमाडौंमा चलाउन नदिने भन्दै गरेको घोषणामा गिरीले समर्थन जनाएका हुन । 

‘सारा हिन्दु जगतले मानेको कुरा सिता नेपाल कि छोरी हुन्, त्यो कुरामा छेडछाड गर्नु गलत कुरा हो, यो विरूद्दको आबाज सही हो, सच्याउनु पर्छ’ गिरीले समर्थन जनाउँदै भनेका छन् । 

मेयर साहले ‘जानकी भारतीय छोरी हुन्’ भनेर उल्लेख गरेको भन्दै आपत्ति जनाएका थिए । ‘दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तबसम्म काठमाडौँ महानगरपालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन । यो सच्याउन ३ दिनको समय दिइएको छ । माता सीताको जय होस ।’ 

मेयरको शाहको यो कदमलाई धेरै कलाकारले समर्थन जनाएका छन् ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ७ : ४९ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब