संसद् भवन महिलाका लागि सुरक्षित छैन : सांसद थोरपे « Khabarhub

संसद् भवन महिलाका लागि सुरक्षित छैन : सांसद थोरपे


१ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

सिड्नी– अस्ट्रेलियाकी एक महिला सांसदले आफ्नी सहकर्मीमाथि यौन उत्पीडनको गम्भीर आरोप लगाएकी छन् ।

सांसद लिडिया थोरपेले रुँदै संसद भवन महिलाका लागि सुरक्षित ठाउँ नभएको बताइन् । सिनेटको सम्बोधनमा महिला सांसदले आफ्नो कुरा रूदैँ राखेकी हुन ।

महिला सांसदले अहिले संसद भवनको कोठाबाट बाहिर निस्कँदा पनि धेरै कुरामा ख्याल गर्नुपर्ने अवस्था आएको बताइन् । थोरपेले बिहीबार संसदमा जानकारी दिए अनुसार उनीमाथी संसद्‌मा केही शक्तिशाली व्यक्तिहरूले अभद्र टिप्पणी गरेका थिए, उनलाई सिँढीको छेउमा अनुपयुक्त रूपमा छुने काम गरेका थिए । 

उनका अनुसार सो कार्य कन्जरभेटिभ पार्टीका सांसद डेभिड भानले यस्तो गरेका हुन । थोरपेका अनुसार उनलाइ सहकर्मी सांसद माथी लगाएको आरोप फिर्ता लिन दबाब दिएकोसमेत बताइन ।

तर, सांसद भानले भने थोर्पेले लगाएको यौन उत्पीडनको आरोप अस्वीकार गर्दै आएका छन्। सहकर्मी सांसद थोर्पले लगाएको यौन दुर्व्यवहारको आरोपबाट आफू स्तब्ध भएको उनको प्रतिक्रिया छ । साथै, उनले थोर्पले लगाएका सबै आरोप झुटा भएकोसमेत सञ्चारकर्मीलाई बताएका छन् ।

यद्यपि, थोर्पको आरोपपछि लिबरल पार्टीले डेभिड भान्कोलाई निलम्बन गरेको थियो । जानकारीका अनुसार यस विषयमा डेभिड भानलेले वकिलको पनि सहयोग लिएका छन् ।

सांसद थोर्पले यस प्रकारको यौन दुर्व्यववहार सिकार भएका धेरै महिला सांसदहरू रहेको दाबी गरेकी छन् । ती सांसदले भनिन्, ‘मानिसहरूले मलाई लगातार पछ्याए। मलाई धेरै प्रस्तावहरू दिइयो र अनुपयुक्त रूपमा छुइयो।’ उनका अनुसार संसद बाहिर निस्कन पनि डराउनु पर्ने अवस्था देखियो ।

बाहिर निस्कनुअघि अलिकति ढोका खोल्ने र बाटो खुलेपछि मात्र बाहिर निस्कने गरेको उनले बताइन् । उनले थप भनिन, ‘धेरै पटक यस्तो अवस्था आयो कि मलाई बाहिर जानको लागि साथ दिने अब कोही चाहिन्छ।’

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ९ : १६ बजे

कांग्रेसका तीन नेताबीच छलफल, भोलि पनि भेटघाट हुने

काठमाडौं- नेपाली कांग्रेसका तीन नेताहरूले आज छलफल गरेका छन् ।

गोरखापत्रको महाप्रबन्धकमा रावल नियुक्त

काठमाडौं- गोरखापत्रमा संस्थानको महाप्रबन्धकमा हिक्मत रावल नियुक्त भएका छन् ।

बन्द कोठाभित्र वा चोरबाटोबाट तिकडम गरेर कोशीको बजेट सच्याउने दुष्प्रयास अस्वीकार्य : नेकपा

काठमाडौं- कोशी प्रदेश सरकारद्वारा प्रदेशसभामा प्रस्तुत आगामी आर्थिक वर्ष २०८३/८४

कर्णाली माइक्रोबस दुर्घटनाप्रति नेकपाद्वारा गहिरो दुःख व्यक्त

काठमाडौं- कर्णाली राजमार्ग अन्तर्गत साङ्गेतडास्थित कर्णाली नदीमा यात्रुवाहक माइक्रो बस

आठजना अतिरिक्त महानिरीक्षकहरूको सरुवा

काठमाडौं– सरकारले आठजना प्रहरी अतिरिक्त महानिरीक्षकहरूको सरुवा गर्ने निर्णय गरेको