सरकारको विपद् व्यवस्थापन कोषमा छ अर्ब मौज्दात | Khabarhub Khabarhub

सरकारको विपद् व्यवस्थापन कोषमा छ अर्ब मौज्दात


१ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल सरकारको विपद् व्यवस्थापन कोषमा छ अर्ब रहेको छ । उक्त कोषको रकम विपद्जन्य घटनाको उद्धार, अस्थायी बसोबास, खाद्यान्न, आर्थिक सहायतलगायतमा खर्च हुन्छ । 

तोकिएका बाहेकको क्षेत्रमा यसको रकम खर्च गर्न नपाइने कानुनी व्यवस्था छ । कोषमा रहेको छ अर्ब तीन करोड १२ लाख ९५ हजारमध्ये सबैभन्दा बढी प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा तीन अर्ब १० करोड ६७ लाख १७ हजार मौज्दात रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए । 

यस्तै विपद् व्यवस्थापन कोषमा एक अर्ब ८१ करोड ८९ लाख ९० हजार छ । प्रदेश विपद् व्यवस्थापन कोषमा ५१ करोड ३३ लाख तथा जिल्ला विपद् व्यवस्थापन कोषमा ५९ करोड २२ लाख ८८ हजार रकम रहेको जनाइएको छ । 

यसपालिको मनसुनमा १२ लाख ५० हजार नागरिक प्रभावित हुने अनुमान गरिएकाले सोहीअनुसार विपद् प्रतिकार्य योजना बनाइ लागू गरिएको छ । 

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ९ : ३८ बजे

आज २०८० साल मंसिर १९ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८० साल मंसिर १९ गते मंगलबार। ज्योतिष

पोर्चुगल पठाइदिन्छु भनी ठगी गरेको आरोपमा एक महिला पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिने बहानामा ठगी गरेको

शौर्य सिमेन्ट उद्योगद्वारा क्लिङ्कर भारत तर्फ निर्यात

काठमाडौं – शौर्य सिमेन्ट इन्डष्ट्रिज लिमिटेडले आफ्नो क्लिङ्कर उत्पादनलाई छिमेकी

‘मिसन–८४’ का लागि सुझाव सङ्कलन गर्दैछौं : ओली

कर्णाली – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘मिसन–८४’ का

आलु खेती विस्तार गर्न तीन करोडको आयोजना सञ्चालन

बेनी – म्याग्दीमा आलु खेतीको विस्तार र प्रवद्धनका लागि रु