राजनीतिको फोहोर हामीले सफा गर्ने हो « Khabarhub

राजनीतिको फोहोर हामीले सफा गर्ने हो

२५ वर्षमा नयाँ युगको परिकल्पना


१ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ युगको नयाँ संकल्प भनेर नयाँ नीतिगत बहस गर्दैछ । त्यो बहसमाथि विभिन्न कोणबाट प्रश्नहरू आएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले बनाउँदै गरेको नीति र त्यसमा भइरहेको बहसमा केन्द्रित रहेर राष्ट्रिय स्वतन्त्र पार्टीका सह-महासचिव कविन्द्र बुर्लाकोटीसँग गोविन्द खड्काले गरेको कुराकानीको सम्पादित अंश :

यो समयमा नीतिगत बहस किन सुरु गर्नुभयो ?
हाम्रो पार्टी स्थापनाको एक वर्ष पूरा हुँदा पार्टीको स्थापना दिवस मनाउँदै छौँ । यो दिवस असार ७ गते पर्छ । त्यो बेलासम्म आउँदा पार्टीले भोगेको उतारचढाव र पार्टीमा रहेका चुनौतीहरू छलफल हुनु राम्रो हो । हामीले यसलाई स्वाभाविक ठानेको छौँ ।

‘नयाँ युगको संकल्प’ भनेको के हो ?
अहिलेको अवस्था आम नागरिकले रुचाएका छैनन् । हामी राजनीतिकलगायत धेरै हिसाबले पछाडि छौँ । राजनीति धेरै धमिलो भएको छ । त्यसलाई हामीले सफा गर्नुपर्छ । अहिले भएको अवस्थालाई परिवर्तन गरेर आम नागरिकले सोचेको जस्तो गर्ने गरी नयाँ युगको परिकल्पना गरेका छौँ ।

यो परिकल्पना गरेको नयाँ युगको अवधि कति समय हो । तपाईंहरूले अघि सारेको दस्तावेजले प्रस्ट चित्र किन नदिएको ?
अबको पाँच वर्षमा रोडम्यापमा प्रवेश गर्छौँ । त्यसको २५ वर्षमा नयाँ युगको स्थापना गर्न सक्छौँ । दस्तावेजमा व्यापक छलफल गरेर सबैको सहमतिमा छलफल भइरहेको छ ।

चुनावमा एउटा घोषणा पत्र बनाएर जानु भएको थियो । ती विषय र नीतिगत बहसमा समेटिएका विषय किन मिलेनन् ?
हामीले अहिले पार्टीको राजनीतिक दस्तावेज तयार गर्न खोजेका छौं । आम नागरिकको चासोको विषय भनेको विकासका कार्य हुन । मुलुक ठुलो सिद्धान्तवाद दर्शनमा अडिने काम छैन । नागरिकका आवश्यकता पुरा गर्ने हो। आम नागरिकको धारामा सफा र स्वस्थ पानी आउनु पर्याे । हामी विगतदेखि सैद्धान्तिक हिसाबमा सही छौँ । अहिले हामीले व्यवहारिक रूपमा काम गरेका छौँ ।

६८ पृष्ठ लामो दस्तावेजको कुन नीतिगत पाटोले आम नागरिकको धारामा सफा स्वस्थ पानी आउँछ ?
सुशासन हाम्रो पहिलो शर्त हो । सबैले आ–आफ्नो जिम्मेवारीमा रहेको काम गर्नुपर्छ । काम गर्न एउटा रूपरेखा बनाएको हुन्छ । काम गर्ने मानिसमा सक्रियता नभएको कारणले यो नभएको हो । म्याद मात्र थप्ने काम हुन्छ । ‘नयाँ युगको संकल्प’ कागजमा लेखेर मात्र हुँदैन । त्यसैमा टेकेर काम गर्नुपर्छ ।

दस्तावेज पढ्दा आम नागरिकका मुद्दामा अगाडि बढ्नु पर्नेमा नीति कार्यदिशामा भन्दा विचार तिर केन्द्रित छैन र ?
पार्टीले के काम गर्नुपर्छ, मूलभूत आवश्यकता के हो ? भनेर पार्टीले छलफल गरिरहेको छ । देशभित्र हामीले रूपान्तरण गर्ने हो । त्यही अनुरूपको नीति तथा कार्यक्रम आवश्यक भएकाले हामीले त्यसको तयारी गरेका छौं ।

तपाईंहरूले संघीयतामा प्रदेशको संरचना नै खारेज गर्ने कि पुर्नसंरचना गर्ने भन्नु भएको हो ?
अहिले हाम्रो शासकीय स्वरूपमा तीन तह छन् । संघ, प्रदेश र स्थानीय सरकार छन् । यिनको समस्या र राम्रो दस्तावेज कहाँ छ भनेर हामीले केलाउँदै छौँ । यसरी हेर्दै गर्दा स्थानीय तहलाई अझै मजबुत बनाउनु पर्ने देखिएको छ । धेरै अधिकार त्यहाँ छ । तर क्षमता छैन । त्यो क्षमता बढाउनु पर्ने अवस्था छ । हामी सानो कुलो र खानेपानीको कुरा पनि केन्द्रबाट हेरेका छौँ । त्यो त्यही स्थानीयलाई दिनुपर्छ ।

प्रदेशमा प्रदेशको काम भनेको संघले छुट्याएको बजेटलाई बाँडफाँड गर्ने र र त्यसैमा अर्को बाँडफाँडको प्रक्रिया सुरु गर्ने देखिन्छ । प्रदेशले बलियो कानुनहरू बनाएर स्थानीय श्रोत परिचालनको कानुन बनाउन सकेको छैन ।

प्रदेश तहले गर्नुपर्ने काममा अलमलिएको जस्तो देखिन्छ । छरितो मन्त्रिपरिषद् हुनुपर्थ्यो । प्रदेश सभा सदस्य ५५० जना छन् त्यो जरुरी छैन । त्यसलाई आम नागरिकले सेतो हात्ती भनेका छन्। काम गरेन भन्ने आएको छ। त्यसलाई हामीले सानो छरितो बनाउनुपर्छ भनेका छौं । अहिलेको यो खारेज गरेर स्थानीय तहका जनप्रतिनिधि मध्ये निर्वाचित गरेर प्रदेश परिषद् बनाऔँ भन्ने मोडालिटी छ । अहिलेको संरचनाले काम गर्दैन भन्ने हाम्रो निष्कर्ष हो ।

तपाईंहरूले गर्भिलो इतिहासको कुरा गर्नु भएको छ । तर त्यसको व्याख्या गर्नु भएको छैन, किन ?
केही विषय जिरो ड्राफ्टमा हुनसक्छन् । छलफलको क्रममा कतिपय कुरा सार्वजनिक भएका छन्। आम नागरिकको कुरा सुन्दा यो राम्रो हो छलफल सुरु भएको छ । सकारात्मक निर्णय आउला जस्तो लाग्छ । हतारमा निर्णय हुँदैन ।

सभापतिलाई साइडमा राखेर हेर्दा आम मानिसले रास्वपा कस्तो भनेर चिन्ने ?
व्यक्तिको विषय भन्दा पनि रास्वपा सत्य, निष्ठा र इमानदार युवा र वयस्क रहेको पार्टी हो । यसले उन्नत लोकतन्त्रको लागि ज्यान दिएर काम गर्न चाहेको छ ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ११ : २५ बजे

लुम्बिनी प्रदेश मुख्यमन्त्री कप पुरुष भलिबलको उपाधि गुल्मीलाई

घोराही– दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि

इरानी र अमेरिकी प्रतिनिधिमण्डलसँग पाकिस्तानी प्रधानमन्त्रीको छुट्टाछुट्टै भेटवार्ता

इस्लामावाद– इरानी प्रतिनिधिमण्डलले शनिबार पाकिस्तानका प्रधानमन्त्रीलाई भेटेर उपराष्ट्रपति जेडी भान्सको

मुख्यमन्त्री कप महिला भलिबलको उपाधि रूपन्देहीलाई

घोराही– यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल

इरानी प्रतिनिधिमण्डल सवार विमानमा अमेरिकी हमलामा मारिएका विद्यार्थीको तस्बिर र झोला

काठमाडौं- अमेरिकी र इरानी अधिकारीहरूबीच उच्चस्तरीय शान्ति वार्ताको तयारी भइरहँदा

संविधान र राष्ट्रिय हितमा आँच आए सडक र सदनबाट प्रतिवाद गर्छौं : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले संविधानमाथि छेडखानी