न्युजिल्याण्डमा आर्थिक मन्दीको अवधि सुरु « Khabarhub

न्युजिल्याण्डमा आर्थिक मन्दीको अवधि सुरु


१ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

वेलिङ्टन– न्यूजिल्याण्डमा आर्थिक मन्दीको अवधि सुरु भएको छ । बिहीबार जारी गरिएको आधिकारिक तथ्यांक अनुसार न्युजिल्यान्डको कृषिमा आधारित अर्थतन्त्र मन्दीमा प्रवेश गरेको छ ।

आम निर्वाचनको केही महिना अगाडि आएको विनाशकारी चक्रवातले व्यापक मन्दी निम्त्याएको जनाईएको छ । न्यूजील्याण्डमा २०२२ को अन्त्यमा ०.७ प्रतिशतले गिरावट आएपछि पहिलो त्रैमासिकमा अर्थतन्त्र ०.१ प्रतिशतले संकुचित भएको तथ्यांक सार्वजनिक भएको छ । 

चार महिना पछि न्युजिल्याण्डमा आम निर्वाचन हुँदैछ । सो प्रसङ्ग जोड्दै न्युजिल्याण्डका अर्थमन्त्री ग्रान्ट रोबर्टसनले मन्दीमा प्रवेश गर्नु ‘आश्चर्यजनक कुरा होइन’ भन्दै आर्थिक मन्दीलाई स्विकारै गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

‘हामीलाई थाहा छ २०२३ एक अत्यन्त चुनौतीपूर्ण वर्ष हुन गइरहेको छ किनकि विश्वव्यापी वृद्धि सुस्त छ, मुद्रास्फीति लामो समयसम्म रहन्छ र उत्तर आइल्याण्डको मौसम घटनाहरूले घर र व्यवसायहरूमा प्रभाव पारिरहेको छ,’ रोबर्टसनले भने। 

अकल्याण्डमा जनवरीमा आएको बाढी तथा फेब्रुअरीमा आएको चक्रवात गेब्रियलका कारण भएको विनाशले अर्थतन्त्रमा गम्भीर असर पर्न गएको उनको स्पष्टीकरण छ ।

न्यूजील्याण्ड सरकारले मौसम प्रकोपबाट भएको क्षतिको क्षतिपूर्ति पुरा गर्न १५ मिलियनसम्म लाग्ने अनुमान गरेको छ। सन् २०२० पछि न्युजिल्यान्डको यो पहिलो मन्दी हो। कोरोना महामारीका कारण धेरै देशले आफ्नो सिमाना बन्द गर्नुपर्‍यो, जसका कारण निर्यात रोक्नु परेको थियो, सो चपेटामा परेको न्युजिल्याण्डमा २०२० मा मन्दी आएको थियो ।

विपक्षी वित्त प्रवक्ता निकोला विलिसले भने, ‘बढ्दो मुद्रास्फीतिको बावजुद संकुचित भएको न्यूजील्याण्डको अर्थतन्त्रको लागि रातो बत्ती बालेको छ। कृषि, उत्पादन, यातायात र सेवाहरू सबैमा गिरावट देखियो।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  १० : १५ बजे

ढोरपाटन–तकसेरा सिधा सडक सञ्चालनमा

ढोरपाटन– बागलुङको ढोरपाटन र पूर्वी रुकुमको तकसेरा सिधा सडक सञ्जालमार्फत

महिलामैत्री कार्यक्रमले बदलिँदै वीरेन्द्रनगर

सुर्खेत– तीन वर्षअघिसम्म वीरेन्द्रनगर नगरपालिका–७ की ६६ वर्षीया मन्धरी नेपालीका

गणेश नेपाली प्रकरणमा सरकार, महानगर र पीडित पक्षबीच ९ बुँदे सहमति

काठमाडौं- त्रिपुरेश्वरमा आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका मुगुको सोरू

डोको बोकेर नायिका सिम्रन वसन्तपुरमा

काठमाडौं – नायिका सिम्रन खड्का अहिले चर्चामा छिन् । उनको

हात्ती प्रजनन केन्द्रको निरीक्षण गर्दै मन्त्री चौधरीद्वारा सुधार र विकासमा जोड

चितवन– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले चितवनस्थित हात्ती प्रजनन