'किसिङ म्यान' इमरान हाशमी भिलेनको भूमिकामा देखिने | Khabarhub Khabarhub

‘किसिङ म्यान’ इमरान हाशमी भिलेनको भूमिकामा देखिने


१ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

मुम्बई– साउथ निर्देशक सुजीतको ग्याङस्टार फिल्म ‘ओजी’ घोषणापछि निरन्तर चर्चामा छन् । साउथको यो प्रतीक्षित फिल्ममा पवन कल्याण र प्रियंका मोहन प्रमुख भूमिकामा छन् । फिल्मको तेस्रो सेड्युलको छायांकन हाल हैदराबादमा भइरहेको छ ।

फिल्ममा बलिउड अभिनेता इमरान हाशमी खलनायक चरित्रमा देखिँदैछन् । इमरानको यो तेलुगु डेब्यू फिल्म हो ।
‘म ओजीका साथ नयाँ यात्रा गर्न उत्साहित छु । फिल्मको कथा मजबुत र मनोरन्जक छ । यसले मलाई चुनौतीपूर्ण भूमिका प्रदान गरेको छ । पवन कल्याण, सुजीत, दानय्याटीमका साथ काम गर्न उत्साहित छु’, इमरानले भनेका छन् ।

फिल्ममा प्रकाश राज, अर्जुन दास र श्रीया रेड्डीको पनि अभिनय छ । डीवीवी दानय्याले निर्माण गरेको फिल्म डीवीवी इन्टरटेनमेन्टको ब्यानरमा बनिरहेको हो । फिल्ममा निर्देशक सुजीतकै लेखन छ ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  १० : ५१ बजे

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि