‘किसिङ म्यान’ इमरान हाशमी भिलेनको भूमिकामा देखिने « Khabarhub

‘किसिङ म्यान’ इमरान हाशमी भिलेनको भूमिकामा देखिने


१ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

मुम्बई– साउथ निर्देशक सुजीतको ग्याङस्टार फिल्म ‘ओजी’ घोषणापछि निरन्तर चर्चामा छन् । साउथको यो प्रतीक्षित फिल्ममा पवन कल्याण र प्रियंका मोहन प्रमुख भूमिकामा छन् । फिल्मको तेस्रो सेड्युलको छायांकन हाल हैदराबादमा भइरहेको छ ।

फिल्ममा बलिउड अभिनेता इमरान हाशमी खलनायक चरित्रमा देखिँदैछन् । इमरानको यो तेलुगु डेब्यू फिल्म हो ।
‘म ओजीका साथ नयाँ यात्रा गर्न उत्साहित छु । फिल्मको कथा मजबुत र मनोरन्जक छ । यसले मलाई चुनौतीपूर्ण भूमिका प्रदान गरेको छ । पवन कल्याण, सुजीत, दानय्या र टीमका साथ काम गर्न उत्साहित छु’, इमरानले भनेका छन् ।

फिल्ममा प्रकाश राज, अर्जुन दास र श्रीया रेड्डीको पनि अभिनय छ । डीवीवी दानय्याले निर्माण गरेको फिल्म डीवीवी इन्टरटेनमेन्टको ब्यानरमा बनिरहेको हो । फिल्ममा निर्देशक सुजीतकै लेखन छ ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  १० : ५१ बजे

दलित सहमहामन्त्रीमा प्रकाश विजय

काठमाडौं– नेपाली कांग्रेसको दलित सह महामन्त्रीमा प्रकाश रसाइली स्नेही विजयी

कलंकी अन्डरपास सफाइ र रङरोगन गरिँदै (तस्बिरहरू)

काठमाडौं– दसैँलाई लक्षित गर्दै सडक विभागले उपत्यकाका सडकमा सफाइ तथा

निर्मल पुर्जाको ‘पोर्टर हाउस’ परियोजनाले पायो अन्तर्राष्ट्रिय सम्मान

काठमाडौं– विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जाको परिकल्पनामा हिमाली भरियाहरूको जीवन सहज

नारायणी नदी नियन्त्रण आयोजना बहुवर्षीय बनाउन जोड

नारायणगढ– नारायणी नदी नियन्त्रण आयोजनालाई बहुवर्षीय बनाएर काम गरिने भएको

राष्ट्रिय सेवा दल तालिम प्रभावकारी बन्दै

भोजपुर– सेनाले सञ्चालन गर्दै आएको राष्ट्रिय सेवा दल तालिम प्रभावकारी