समितिबाट प्रधानन्यायाधीशमा कार्कीको नाम सर्वसम्मत अनुमोदन « Khabarhub

समितिबाट प्रधानन्यायाधीशमा कार्कीको नाम सर्वसम्मत अनुमोदन


१ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा प्रस्तावित हरिकृष्ण कार्कीको नामलाई सर्वसम्मत अनुमोदन गरेको छ । 

शुक्रबार बसेको समिति बैठकले उनको नाम सर्वसम्मत अनुमोदन गरेको हो । योसँग अब कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश नियुक्तिका लागि बाटो खुलेको छ । 

संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा कार्कीको नाम सिफारिस गरेको थियो । संसदीय समितिले अनुमोदन गरेसँगै अब कार्कीलाई राष्ट्रपतिले प्रधानन्यायाधीशमा नियुक्त गर्ने बाटो खुलेको हो । 

बिहीबार समिति बैठकमा आफ्नो कार्ययोजना पेस गरेका कार्कीलाई शुक्रबार उनीविरुद्ध परेको उजुरीबारे सांसदले प्रश्न गरेका थिए । आफूमाथि लगाइएको आरोप प्रमाणित भए तत्कालै राजीनामा दिनेसमेत बताएका थिए ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ११ : २८ बजे

कृष्णभीर पहिरो: नयाँ ट्याकबाट ५० सवारी पास, सोमबारदेखि ग्राभेलिङ हुने

काठमाडौँ – पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्ण रूपमा

भोटेकोशी बाढीः चार हजार ८९ अझै बेपत्ता

काठमाडौँ – भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसको आह्वान

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा

एसिसी प्रिमियर कपको उपाधिसहित नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ – ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर