नगरपालिकाद्वारा चौरासी पूजा गर्न आर्थिक सहयोग | Khabarhub Khabarhub

नगरपालिकाद्वारा चौरासी पूजा गर्न आर्थिक सहयोग


१ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– अर्घाखाँचीको शीतगंगा नगरपालिकाले ज्येष्ठ नागरिकलाई चौरासी पूजा गर्न आर्थिक सहयोग प्रदान गर्न सुरुवात गरेको छ । 

आर्थिक अवस्था दयनीय भएर चौरासी पूजा गर्न नसक्ने ज्येष्ठ नागरिकलाई रु २५ हजार नगदसहित नगरपालिकाले सम्मानको थालनी गरेको हो । आर्थिक सहयोग पाएकामा ज्येष्ठ नागरिक खुसी भएका छन् ।

चुनावको समयमा नगरप्रमुखले बोलेका बाचा पूरा गरेकामा शीतगङ्गा ३ का ज्येष्ठ नागरिक खिमानन्द पौडेल निकै खुसी भए। ग्रामीण क्षेत्रका धेरै ज्येष्ठ नागरिकले चौरासी पूजाका लागि नगरपालिकासंग आर्थिक सहयोग गर्न माग गरेका थिए ।  तीन सय १९ ज्येष्ठ नागरिकलाई नगदसहित सम्मान गरिएको नगरप्रमुख छविलाल पौडेलले बताए।

नगरका १४ वडाका वृद्धवृद्धालाई लक्षित गरी रु ८० लाख बजेटबाट ज्येष्ठ नागरिकलाई सम्मानसहित नगद वितरण गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालको भनाइ छ ।

कम खर्चमा चौरासी पूजा गरेर बचेको रकमबाट मन लागेका खानेकुरा खान र औषधोपचार गर्नलाई केही भए पनि राहत पुगेको ज्येष्ठ नागरिकको भनाइ छ । शीतगङगा  भौगोलिक दृष्टिकोणमा  सबैभन्दा ठूलो नगरपालिका हो ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  १२ : ५४ बजे

दशैँका लागि सिद्धार्थनगरबाट ४ हजारले साटे सुकिला नोट

भैरहवा– नेपाल राष्ट्र बैंकले हिन्दुहरूको महान पर्व दशैं, तिहार छठ

बहुउपयोगी जमरा : शिरफूलदेखि ओखतीसम्म

निधारमा टीका र शरीरमा पहेँलो जमरालाई दशैंको प्रतीक मानिन्छ ।

हनुमानढोकाका लागि फूलपातीसहितको डोली पठाइयो

गोरखा – गोरखा दरबारस्थित दसैँघरबाट काठमाडौँको हनुमान ढोका दरबारका लागि

दशैंमा गाउँ फर्कनेको लर्को (तस्बिरहरु)

काठमाडौं– दशैंमा बिहीबार जडिबुटी क्षेत्रमा गाउँघर फर्कनेको लर्को लागेको छ

बाढीले फोक्सिङटार पुलबगाएपछि झोलुङ्गे पुल मर्मत गरिँदै

खोटाङ– यही असोज १२ गते आएको  बाढीले क्षतिग्रस्त बनाएको झोलुङ्गे