यौन दुर्व्यवहारको आरोपमा एसएसपी पाल निलम्बित | Khabarhub Khabarhub

यौन दुर्व्यवहारको आरोपमा एसएसपी पाल निलम्बित


१ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


954
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पाल यौन दुर्व्यवहारको आरोपमा निलम्बनमा परेका छन् । आफ्नै कार्यालयमा कार्यरत महिला प्रहरीमाथि यौन दुर्व्यवहारको आरोपमा उनलाई ६ महिना निलम्बन गरिएको बताइएको छ ।

प्रहरी प्रधान कार्यालयको सिफारिसमा आज गृहमन्त्रालयले उनलाई निलम्बन गरेको हो । प्रहरी प्रधान कार्यालयले बिहीबार पाललाई निलम्बनका लागि मन्त्रालयमा पत्र पठाएको थियो ।

नेपाल प्रहरी प्रदेश कार्यालय कञ्चनपुरको प्रमुखको रूपमा कार्यरत रहँदा उनले जेठ १९ गते महिला प्रहरीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । 

महिला प्रहरीको उजुरीका आधारमा छानबिन गर्दा एसएसपी पालको गल्ती देखिएसँगै गृह मन्त्रालयले निलम्बन गरेको हो ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ३ : ५३ बजे

पूर्वनिर्वाचन आयुक्त शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं

अर्थतन्त्रका सूचकहरु सकारात्मक छन् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्माले गत वर्षको तुलनामा चालु आवमा

लोघेकर दामोदरकुण्डमा घरको मौलिकता जोगाउन तोकियो मापदण्ड

मुस्ताङ – मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले परम्परागत घरको मौलिकता जोगाउने