यौन दुर्व्यवहारको आरोपमा एसएसपी पाल निलम्बित « Khabarhub

यौन दुर्व्यवहारको आरोपमा एसएसपी पाल निलम्बित


१ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


954
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पाल यौन दुर्व्यवहारको आरोपमा निलम्बनमा परेका छन् । आफ्नै कार्यालयमा कार्यरत महिला प्रहरीमाथि यौन दुर्व्यवहारको आरोपमा उनलाई ६ महिना निलम्बन गरिएको बताइएको छ ।

प्रहरी प्रधान कार्यालयको सिफारिसमा आज गृहमन्त्रालयले उनलाई निलम्बन गरेको हो । प्रहरी प्रधान कार्यालयले बिहीबार पाललाई निलम्बनका लागि मन्त्रालयमा पत्र पठाएको थियो ।

नेपाल प्रहरी प्रदेश कार्यालय कञ्चनपुरको प्रमुखको रूपमा कार्यरत रहँदा उनले जेठ १९ गते महिला प्रहरीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । 

महिला प्रहरीको उजुरीका आधारमा छानबिन गर्दा एसएसपी पालको गल्ती देखिएसँगै गृह मन्त्रालयले निलम्बन गरेको हो ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ३ : ५३ बजे

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ – भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

बाणगङ्गा नदीमा फसेका एक बालकको उद्धार, एक जना अझै बेपत्ता

कपिलवस्तु – बाणगङ्गा नदीमा गएको बाढीका कारण नदीको बीचमा रहेको

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)को उपाधि अन्नपूर्ण