रसुवामा विद्युत विकासबारे समीक्षा सम्पन्न | Khabarhub Khabarhub

रसुवामा विद्युत विकासबारे समीक्षा सम्पन्न


१ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

रसुवा- रसुवा जिल्लाभित्रका निर्माणाधीन सबै जलविद्युत् आयोजनाले हालसम्म गरेका कामको समीक्षा एवम् समन्वयात्मक छलफल सम्पन्न भएको छ ।

निर्माणाधीन जलविद्युत् आयोजनाको अवस्था, हालसम्मको कार्य प्रगति, निर्माण चरणका उत्पन्न समस्या र समाधानका लागि गर्नुपर्ने सहकार्य जस्ता विविध विषयमा छलफल भएको थियो ।

जिल्ला समन्वय समिति रसुवाले आयोजना गरेको सो छलफलमा २२ मेघावाट चिलिमे, एक सय ११ मेगावाट रसुवागढी, ५७ मेगाबाट तल्लो र माथिल्लो सञ्जेन, १४.३ माथिल्लो मैलुङ, दुई सय १६ मेगावाट अपर त्रिशूली वान, ६० मेगावाट माथिल्लो त्रिशूली थ्री–ए लगायतका दर्जनौँ जलविद्युत् आयोजनाका प्रमुख एवम् प्रतिनिधिको सहभागिता रहेको जिल्ला समन्वय प्रमुख अशोककुमार घिमिरेले बताए ।

रसुवा जिल्लामा निर्माणाधीन जलविद्युत् आयोजनामा आइपर्ने समस्या समन्वयकारी हिसाबले समाधान गर्न जिल्ला समन्वय समिति तयार रहेकाले आयोजना निर्माणका क्रममा स्थानीय स्तरको समस्या स्थानीय स्तरमै मिलाउन सहजीकरण गर्दै आएको बताइएको छ ।

कार्यक्रममा भूमिगत संरचना निर्माणका लागि विस्फोटक पर्दाथको अभाव, बर्खायामको पहिराका कारण सडक मार्ग अवरुद्व हुँदा सामान ढुवानीमा असर पर्ने गरेको भए पनि क्रमिक रूपले आपूर्ति व्यवस्था मिलाई काम आगाडि बढिरहेको विद्युत् निर्माण गर्ने कम्पनीका प्रतिनिधिले बताएका थिए ।

साठी मेगावाटको माथिल्लो त्रिशूली थ्री–ए र २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजना भने चालु अवस्थामा रहेको र एक सय ११ मेगावाट क्षमताको रसुवागढी, १४ दशमलव आठ मेगावाटको माथिल्लो साङ्जेन, ४२ दशमलव पाँच मेगावाटको तल्लो साञ्जेन एवम् १४ दशमलव तीन मेगावाटको माथिल्लो मैलुङ जलविद्युत् आयोजनाको निर्माण तथा उपकरण जडान कार्य अन्तिम चरणमा पुगेको सो अवसरमा जानकारी गराइएको थियो ।

छलफलमा मोल्निया पावर कम्पनीमार्फत निर्मित पाँच वर्ष अगाडिदेखि सञ्चालनमा आइसकेको पाँच मेगावाट मैलुङ जलविद्युत् कम्पनीका प्रतिनिधि अनुपस्थित रहेका थिए । रसुवालीलाई दिइएको शेयर हालसम्म ‘डिम्याट’ खातामा नपठाउँदा मर्का परेकाले जिल्ला समन्वय समितिमार्फत काम सुरु गर्न स्थानीयले मागसमेत गरेका थिए ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ४ : ५८ बजे

दशैँका लागि सिद्धार्थनगरबाट ४ हजारले साटे सुकिला नोट

भैरहवा– नेपाल राष्ट्र बैंकले हिन्दुहरूको महान पर्व दशैं, तिहार छठ

बहुउपयोगी जमरा : शिरफूलदेखि ओखतीसम्म

निधारमा टीका र शरीरमा पहेँलो जमरालाई दशैंको प्रतीक मानिन्छ ।

हनुमानढोकाका लागि फूलपातीसहितको डोली पठाइयो

गोरखा – गोरखा दरबारस्थित दसैँघरबाट काठमाडौँको हनुमान ढोका दरबारका लागि

दशैंमा गाउँ फर्कनेको लर्को (तस्बिरहरु)

काठमाडौं– दशैंमा बिहीबार जडिबुटी क्षेत्रमा गाउँघर फर्कनेको लर्को लागेको छ

बाढीले फोक्सिङटार पुलबगाएपछि झोलुङ्गे पुल मर्मत गरिँदै

खोटाङ– यही असोज १२ गते आएको  बाढीले क्षतिग्रस्त बनाएको झोलुङ्गे