वीरेन्द्रनगरमा नगर माइक्रो बस सञ्चालनमा « Khabarhub

वीरेन्द्रनगरमा नगर माइक्रो बस सञ्चालनमा


१ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


477
Shares
  • change font
  • change font
  • change font

वीरेन्द्रनगर- कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आजदेखि नगर माइक्रो बस सेवा सञ्चालनमा आएको छ । सेवा सञ्चालनमा आएसँगै रू २० मा वीरेन्द्रनगर घुम्न सकिने भएको हो ।

आज वीरेन्द्रनगर नगर माइक्रोबस सेवाको उद्घाटन गर्दै नरपालिकाका प्रमुख मोहनमाया ढकालले सहुलियतमा नगर बस सेवा आरम्भ भएसँगै नगरवासीलाई सहज हुने बताइन् । नागरिकको आवश्यकतानुसार नगर माइक्रो बस सेवाले सुरक्षित र भरपर्दो सेवा प्रदान गर्ने विश्वास व्यक्त गर्दै उनले सुरक्षित वीरेन्द्रनगर बनाउने अभियानमा नगरपालिका लागेको बताइन् ।

व्यवसायीका आवश्यक मागका सम्बन्धमा नगरपालिका गम्भीर रहेको बताउँदै नगरप्रमुख ढकालले अटोरिक्साको मनलाग्दी भाडाका कारण आजित बनेका नागरिकलाई नगर माइक्रो सेवाले राहत दिने विश्वास व्यक्त गरिन् । उनका अनुसार नगर माइक्रो बस सेवा संयुक्त काउन्टरबाट सञ्चालन हुनेछ ।

वीरेन्द्रनगरमा एक चोकबाट अर्को चोकसम्म पुग्न भाडादर रू २० कायम गरिएको सुर्खेत काँक्रेविहार यातायात प्रालिका अध्यक्ष रमेश सापकोटाले बताए । बस मङ्गलगढी–काँक्रेविहार, मङ्गलगढी–एयरपोट चोक–बामेखोला, मङ्गलगढी–गणेशचोक–आँखा अस्पताल चोक हुँदै कालिञ्चोक–नेवारे पिपिरा, गणेशचोक–प्रदेश अस्पताल–बाङ्गेसिमल रुट जोडिने र गणेश चोक–कारागार–टेलिकम हुँदै कपासे रुटसमेत थप गरिने उनले जानकारी दिए ।

यात्रुलाई सहज सेवा दिनका लागि सहुलियत भाडादर कायम गरिएको अध्यक्ष सापकोटाले बताए । उनका अनुसार अहिले मुख्यतः चार लेन सडकको धुलियाबिटबाट मङ्गलगढी–यरिचोक हुँदै मूलपानी चोकबाट प्रदेश अस्पताल भएर बाङ्गेसिमलसम्म पुग्ने गरी माइक्रो बस सेवा सञ्चालन गरिएको छ । दश माइक्रो बस १०–१० मिनेटको फरकमा छुट्याइने छ ।

सुर्खेतमा अटोरिक्सामा प्रतिकिलोमिटर रू ५० देखि रू एक सय ५० सम्म भाडा लिने गरेकामा नगर बस सेवा सञ्चालनमा आएपछि राहत हुने खबरले यहाँका नागरिकले सेवाको स्वागत गरेका छन् ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ५ : १३ बजे

चितवनको पुँजीगत खर्च ५८ प्रतिशत

चितवन– जिल्लाको विकासका लागि विनियोजित बजेटमध्ये ५८ दशमलब ४१ प्रतिशत

‘सार्वजनिक खरिद ऐन संशोधन पूर्वाधार विकासका लागि कोशेढुंगा’

काठमाडौं – नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद ऐन, २०६३ को दोस्रो

मानवअधिकार आयोग गुहार्न पुगे होल्डिङ सेन्टरका सुकुम्वासी

काठमाडौं- भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासी परिवारको तर्फबाट दल मर्दन

सरकारबारे बोलेकै कारण नायिकामाथि बालेन समर्थकको ‘साइबर बुलिङ’

काठमाडौं – बालेन्द्र शाह नेतृत्वको सरकार सामाजिक सञ्जालको एल्गोरिदमको प्रभावमा

सिंहदरबारभित्रै छिर्‍यो सरकारविरोधी आन्दोलन (तस्बिरहरू)

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहको कार्यशैलीलाई लिएर तीव्र आलोचना भइरहेका बेला