गण्डकी प्रदेशमा ३३ अर्ब ४२ करोडको बजेट प्रस्तुत « Khabarhub

गण्डकी प्रदेशमा ३३ अर्ब ४२ करोडको बजेट प्रस्तुत


१ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

पोखरा- गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ३३ अर्ब ४२ करोड ७२ लाखको बजेट प्रस्तुत गरेको छ ।

शुक्रबार गण्डकी प्रदेशसभामा आर्थिक मामिलामन्त्री जितप्रकाश आलेले ३३ अर्ब बढिको बजेट प्रस्तुत गरेका हुन । जसअन्तर्गत पुँजीगततर्फ २० अर्ब १९ करोड ६२ लाख र चालुतर्फ १२ अर्ब १३ करोड ६७ लाख रहेको छ ।

अनुमानित बजेटमध्ये वित्तीय व्यवस्थातर्फ ५० करोड, वित्तीय समानीकरण अनुदानबाट ७ अर्ब ६२ करोड २५ लाख, राजस्व बाँडफाँटबाट ४० करोड, सशर्त अनुदानतर्फत ४ अर्ब ९४ करोड, समपूरक अनुदानतर्फ ८४ करोड, विशेष अनुदानतर्फ ७० करोड प्राप्त हुने अनुमान अर्थमन्त्री आलेले बताए ।

बजेट प्रस्तुत गर्दै मन्त्री आलेले आगामी आर्थिक बर्षमा तीन सय किलोमिटर सडक कालोपत्रे गर्ने र २० वटा झोलुङ्गे पुल निर्माण गरिने जानकारी दिए । त्यस्तै आगामी आर्थिक बर्ष लगानी सम्मेलन गरिने उनले बताए ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ५ : ४० बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका