भारतीय प्रधानमन्त्री मोदीको अमेरिका भ्रमण द्विपक्षीय सम्बन्धका लागि अवसर : अमेरिकी प्रतिनिधि बेरा « Khabarhub

भारतीय प्रधानमन्त्री मोदीको अमेरिका भ्रमण द्विपक्षीय सम्बन्धका लागि अवसर : अमेरिकी प्रतिनिधि बेरा


१ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन- अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभका प्रतिनिधि अमी बेराले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आगामी साता हुने अमेरिका भ्रमण अमेरिका र भारतबीचको व्यापारिक सम्बन्धका लागि काम गर्ने अवसर हुने बताएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनको निमन्त्रणामा प्रधानमन्त्री मोदीले आगामी जुन २१ देखि जुन २४ सम्म अमेरिकाको राजकीय भ्रमण गर्दैछन् । भ्रमणका क्रममा उनले दोस्रो पटक अमेरिकी कंग्रेसको संयुक्त बैठकलाई सम्बोधन गर्नेछन् ।

बाइडेन र अमेरिकी प्रथम महिला जिल बाइडेनले जुन २२ मा ह्वाइट हाउसमा प्रधानमन्त्री मोदीलाई राजकीय रात्रिभोजका लागि स्वागत गर्नेछन् ।भ्रमणबारे भारतीय समाचार संस्था एएनआईसँग कुरा गर्दै अमी बेराले भने, “मलाई लाग्छ अहिलेको समयको यो महत्वपूर्ण भ्रमण हो । तपाईंले अमेरिका–भारत सम्बन्ध बढ्दै गएको देख्नुभएको छ । पक्कै पनि, एसियाभित्र भूराजनीतिक चुनौतीहरू छन् र त्यसपछि भारत पनि उदीयमान आर्थिक शक्ति हो । त्यसैले मलाई लाग्छ अमेरिका–भारत व्यापार सम्बन्धमा काम गर्ने अवसर छ ।”

उनले भने, “हामी आपूर्ति श्रृङ्खला र महामारीबाट बाहिर आउने बारेमा धेरै कुरा गर्दैछौं । मलाई लाग्छ, दुई देशबीच मिलेर विकास गर्ने वास्तविक अवसर छ ।’’ दुई देशबीचको रक्षा साझेदारीका बारेमा सोधिएको प्रश्नको जवाफमा अमेरिकी प्रतिनिधिले प्रधानमन्त्री मोदीको अमेरिका भ्रमणबाट ठोस कुरा बाहिर आउनुपर्ने र प्रधानमन्त्री मोदीको भ्रमणका क्रममा त्यसबारे छलफल हुने सम्भावना रहेको बताए । उनले भने, “यो भ्रमणबाट पक्कै पनि केही ठोस कुरा हुनुपर्छ ।

मलाई लाग्छ डिफेन्स स्पेस तीमध्ये एक हुनेछ । हेलिकप्टरको सह–उत्पादन, अधिक समुद्री साझेदारी तथा लामो समयदेखि सहकार्य गर्दै आएका सबै कामहरूको लेखा जोखा हुनेछ ।” उनले समग्र साझेदारीहरूमध्ये केहीलाई गति दिने यो वास्तविक अवसर हो र यसबाट निस्कने केही ठूला परिणामहरू छिट्टै सार्वजनिक हुने र यसबाहेक आपूर्ति श्रृङ्खला क्षेत्रमा पनि केही महत्वपूर्ण काम हुने बताए ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ६ : १० बजे

सिमानामा सुरक्षा व्यवस्था सुदृढ बनाउन जनशक्ति थपियो

महेन्द्रनगर– सरकारले नेपाल–भारत सिमानामा सुरक्षा व्यवस्था सुदृढ बनाउन जनशक्ति थपेको

युद्धविरामअघि ओडिसामा घातक हमला

किएभ– अर्थोडक्स इस्टरको अवसरमा घोषणा गरिएको अस्थायी युद्धविराम लागू हुन

संसद्‌मा प्रधानमन्त्री मौन रहनु स्वेच्छाचारी शासनको संकेत : महासचिव पोखरेल

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाह जनताप्रति

यस्तो अवस्थामा छ जनकपुर चुरोट कारखाना (तस्बिरहरू) 

 जनकपुरधाम– लामो समयदेखि बन्द अवस्थामा रहेको जनकपुर चुरोट कारखाना पुनः

कोलम्बिया–इक्वेडर व्यापार युद्ध चर्कियो

बोगोटा– दक्षिण अमेरिकाका दुई छिमेकी मुलुक कोलम्बिया र इक्वेडरबीच जारी