युवा पुस्तालाई कला, संस्कृतिको महत्त्व बुझाउन जरुरी छ : मन्त्री शर्मा « Khabarhub

युवा पुस्तालाई कला, संस्कृतिको महत्त्व बुझाउन जरुरी छ : मन्त्री शर्मा


१ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

दाङ– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशको कला, संस्कृतिको महत्त्व बुझाउन र नेपाली चलचित्र क्षेत्रबारे बालबालिकालाई सचेतना प्रदान गर्नु अहिलेको आवश्यकता भएको बताएकी छन् ।

दाङको घोराहीस्थित बहुउद्देश्यीय सभागृहमा चलचित्र विकास बोर्डले आयोजना गरेको प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सवको आज उद्घाटन गर्दै उनले नेपालको कला, संस्कृति, परम्परा, रीतिरिवाज, सभ्यता चिनाउन नेपाली चलचित्र क्षेत्रलाई सूचना प्रविधिको प्रयोगबाट सहीरूपमा बुझाउन चलचित्र विकास बोर्ड थालेको यो प्रयास निकै सराहनीय रहेको बताइन् । 

पछिल्लो समय पश्चिमी संस्कृतिको प्रभावले नेपाली मौलिकतामा प्रहार भइरहेकाले यस प्रकारको कार्यक्रमले देश चिनाउन र नेपाली समाज बुझाउन भूमिका खेल्ने उनको अपेक्षा छ ।

पश्चिमा संस्कृतिले बालबालिका र युवामा पकड जमाउँदै लगेको बेलामा आफ्नो धरातल चिनाउन बाल चलचित्र महोत्सव कोसेढुङ्गा बन्ने उनको विश्वास छ । उनले भनिन्, ‘चलचित्र विकास बोर्डले पहिलो पटक गरेको कार्यक्रमले बालबालिकालाई चलचित्रको अर्थ बुझाउन, यसका आयामबारे बोध गराउन र नेपालको कला संस्कृति उजागर गरेर सभ्य समाज निर्माणमा लाग्न युवा तथा किशोरकिशोरीमा देशको पहिचान के भन्ने कुरा सिकाउने अपेक्षा छ ।’

नेपाल कलासंस्कृतिको धनी देश भएकाले यहाँको कला संस्कृति अन्तर्राष्ट्रियकरण गर्नुपर्नेमा उनले जोड दिइन् । ‘चलचित्र आम मानिसको रोजाइको क्षेत्र बन्ने गरेको छ । चलचित्रले दर्शकलाई मात्र मनोरञ्जन दिँदैन, यसको आयाम धेरै छ । यति मात्रै होइन यस क्षेत्रमा लागेर व्यक्तित्व निर्माण गर्न चाहनेहरूका लागि पनि चलचित्र महत्त्वपूर्ण क्षेत्र हो, यसले प्रवाह गर्ने ज्ञान, सूचना र चेतनाले अझ लाभ दिने गर्छ’, उनले भनिन् ।

चलचित्र क्षेत्रबाटै कैयौँ कलाकारले आफ्नो पहिचान बनाउँदै आएका छन् भन्दै मन्त्री शर्माले यसमा भविष्य देखाउन उमेर समूहका बालबालिका र किशोरकिशोरीलाई चलचित्र क्षेत्रमा आकर्षित गर्न महोत्सवबाट टेवा पुग्ने अपेक्षा गरिन् ।

उनले नेपालमा गणतन्त्र स्थापनापछि सूचना प्रविधिको विकास तीव्ररूपमा भइरहेको बताउँदै यसको सकारात्मक उपयोगमा लाग्न सके राष्ट्रले विकासमा थुप्रै फड्को मार्ने विश्वास व्यक्त गरिन् ।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा स्थानीय कला संस्कृति झल्किने झाँकीसहित सांस्कृतिक प्रस्तुति समावेश गरिएको थियो । कार्यक्रममा स्थानीय कला संस्कृतिसहितको लोक बाजा, नृत्य प्रस्तुत गरिएको थियो भने कलाकार चेतन सापकोटा, सत्यकला राई, अनुभव रेग्मीलगायतले प्रस्तुति राखेका थिए ।

आइतबारसम्म चल्ने महोत्सवमा बालबालिका तथा किशोरकिशोरीलाई आफ्नो कथा भन्ने र हेर्ने वातावरण तयार गर्ने, उनीहरूमाझ चलचित्रको माध्यमबाट शिक्षा र संस्कृतिलाई अघि बढाउने बारेमा जानकारी प्रदान गरिने बताइएको छ । 

बोर्डका अध्यक्ष केसीले ‘बालबालिकासँग भुवन केसी’ कार्यक्रममार्फत आफ्नो सिने यात्रा र नेपाली चलचित्रबारे अन्तरक्रिया गर्नेछन् ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ७ : १० बजे

गुमेको दृष्टि फर्किँदा…

कपिलवस्तु– लामो समयदेखि दृष्टि गुमाएका महाराजगन्ज नगरपालिका–११ चौहठ्ठाका थानेदार चौधरीले

हार नमानेको भाटभटेनी, एक वर्षमै फर्कियो पुरानै लयमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनमा प्रदर्शनकारीको प्रमुख निशानामा परेको व्यावसायिक प्रतिष्ठान भाटभटेनी सुपरमार्केट

एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुईजना पक्राउ

हेटौँडा– मकवानपुरको मनहरी गाउँपालिका–९ खरङ्गामा राक्सिराङको भावर हुँदै आउँदै गरेको

सडक विस्तारसँगै सवारी चाप उच्च 

दमौली– पृथ्वीराजमार्गले देशका ठूला सहर जोड्ने भएकाले तनहुँ हुँदै दैनिक हजारौँ

राष्ट्रपतिबाट पशुपतिमा पुजा-आराधना (तस्बिरहरू) 

काठमाडौं– देश तथा जनताको हित र कल्याणको कामना गर्दै राष्ट्रपति