साथीको हत्या गरेको आरोपमा ज्ञानबहादुर पक्राउ « Khabarhub

साथीको हत्या गरेको आरोपमा ज्ञानबहादुर पक्राउ


१ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

बुटवल- रुपन्देही प्रहरीले साथीको हत्या गरेको आरोपमा ज्ञानबहादुर कुँवरलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार तिलोत्तमा नगरपालिका-१६ पूर्वबहियामा बस्ने साथी सुमन कुँवरको गत मङ्गलबार हत्या गरी नवलपरासी बर्दघाट (सुस्ता–पश्चिम) सुनवल नगरपालिका–७ का ज्ञानबहादुर फरार भएका थिए । अभियुक्त ज्ञानबहादुर मृतक सुमनको घरमा बस्दै आएका थिए ।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक दानबहादुर थापाका अनुसार मङ्गलबार साँझ करिब ७ बजेको समयमा उनीहरुबीच आपसी विवाद भएपछि अभियुक्त कँवरले चापाकलको ह्याण्डलले टाउकोमा प्रहार गरी हत्या गरेको र त्यसपछि उनी फरार भएका थिए ।

तिलोत्तमा नगरपालिका वडा नं।१६ पुर्व बहियामा मङ्गलबार साँझ देवनाथ कँवरको जस्ताले छाएको पक्की खाली घरमा एक जना पुरुष व्यक्ति मृत अवस्थामा रहेको भन्ने सूचनाका आधारमा त्यहाँ पुगेको प्रहरी टोलीले अनुसन्धान सुरु गरेको थियो ।

प्रहरीले ज्ञानबहादुरलाई रुपन्देही तिलोत्तमा नगरपालिका–११ रामनगरमा लुकीछिपी बसेको अवस्थामा बिहीबार प्रक्राउ गरेको हो ।

प्रहरीले अभियुक्तका विरुद्ध कर्तव्य ज्यान कसुर शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाएको छ । प्रहरीले मृतक र अभियुक्त दुवै जना सँगै बस्ने र लागुऔषध सेवन गर्ने गरेको अनुसन्धानका क्रममा खुलेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ७ : २६ बजे

पछिल्लो २४ घण्टामा देशभर विपदका २९ घटना, एक जनको मृत्यु, दुई बेपत्ता

काठमाडौं- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा २९ वटा विपद्का

नयाँ वर्षसँगै नवलपुरमा बढ्यो पर्यटकको चहलपहल

नवलपुर (नवलपरासी)- नयाँ वर्षको आगमनसँगै नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का पर्यटकीय क्षेत्रमा चहलपहल

‘सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ’

काठमाडौं- काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सरकार कामपाबीच सहरी

सिंहदरबारमा सरकारको खारेजी सूचीका कर्मचारी सङ्गठनको मोर्चाबन्दी, बुझाए संयुक्त मागपत्र

काठमाडौं- नेपालका प्रमुख निजामती कर्मचारी सङ्गठनहरूले संयुक्त रूपमा संघीय निजामती

धनुषामा एक पुरुषको शव फेला

धनुषा- धनुषामा एक पुरुषको शव फेला परेको छ । इलाका