तीनधारा पाठशालामा मनाइयो ७७औँ जयतु संस्कृतम् दिवस « Khabarhub

तीनधारा पाठशालामा मनाइयो ७७औँ जयतु संस्कृतम् दिवस


१ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जयतु संस्कृतम् आन्दोलन भएको ७७औँ स्मृति दिवस आज मनाइएको छ । दिवसका अवसरमा आज बिहान दरबारमार्गस्थित तीनधारा पाठशालाअघि रहेको जयतु संस्कृतम् स्तम्भमा माल्यार्पणसहित स्वस्ति वाचन गरिएको थियो । 

माल्यार्पण र स्वस्ति वाचनपछि श्री संस्कृत माध्यमिक विद्यालय (दरबार हाईस्कूल), रानीपोखरी र मोक्षदा माध्यमिक विद्यालय गौरीघाटका छात्रछात्रासहितको सहभागितामा प्रभातफेरिको आयोजना गरिएको थियो ।

प्रभातफेरिपछि संस्कृत माध्यमिक विद्यालय रानीपोखरीमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री एवं सांसद बद्री पाण्डेले २००४ सालमा भएको जयतु संस्कृतम् आन्दोलनले २००७ सालमा प्रजातन्त्र स्थापनाका लागि सहयोग गरेको बताए ।

‘विसं २००३ मा बीपी कोइरालालाई विराटनगरमा प्रहरीले समातेर पूर्वी पहाडका जिल्ला हुँदै काठमाडौँ ल्याउँदा पूर्वी नेपालका जिल्लामा राणा शासनका विरुद्ध प्रजातन्त्रका पक्षमा माहोल बनेको थियो, २००४ सालमा तीनधारा पाठशालाबाट निष्कासित गरिएका विद्यार्थी पश्चिम नेपाल हुँदै भारतको बनारसमा जाँदा पश्चिम नेपालमा क्रान्तिको पक्षमा माहोल बन्यो’, उनले भने ।

तीनधारा पाठशालाबाट राणा शासकले निकालेका ३८ जना र पहिले नै छात्रावास छोडी गएका चार जना गरी ४२ विद्यार्थी नेपाली कांग्रेसका संस्थापक नेता बीपीलाई भेटी नेपालमा प्रजातन्त्र स्थापनाका लागि क्रान्तिमा सहभागी भएका थिए । जसमा रामेछापका पद्मशङ्कर अधिकारी, गोरखाका राजेश्वर देवकोटा, तनहुँका श्रीभद्र शर्मा र अर्घाखाँचीका काशीनाथ गौतमलगायत प्रजातन्त्र स्थापनाको क्रान्तिमा सहभागी थिए ।

जयतु संस्कृतम् आन्दोलनले आधुनिक विषयमा पठनपाठनको व्यवस्था हुनुका साथै यस क्षेत्रका उत्पादनले प्रशासन, साहित्य, शिक्षा, राजनीति र सामाजिक क्षेत्रमा पनि नेतृत्व गरिरहेका छन् ।

कार्यक्रममा पूर्वसचिव कृष्ण ज्ञवाली, जयतु संस्कृतम् संस्थाका महासचिव नवराज कट्टेल, संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक शिवराज अधिकारी, मोक्षदा माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिशरण खनाललगायतले जयतु संस्कृतम् आन्दोलनले नेपालको विद्यार्थी एवं प्रजातन्त्र स्थापनाका लागि गरेको योगदानका बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा जयतु संस्कृतम् संस्थाले आयोजना गरेको सांस्कृतिक हाजिरीजबाफ प्रतियोगिता र वक्तृत्वकला प्रतियोगिताका विजयी छात्रछात्रालाई पुरस्कार एवं प्रमाणपत्र प्रदान गरिएको थियो ।

यसैबीच, यस वर्षको जयतु संस्कृतम् पुरस्कार प्रा. नीलमणि ढुङ्गानालाई प्रदान गर्ने घोषणा गरिएको छ । ढुङ्गानाको कृति ‘व्युत्पत्तिमूलक संस्कृत नेपाली शब्दकोश’ का लागि सो पुरस्कार प्रदान गर्न लागिएको हो । साझा प्रकाशनद्वारा प्रकाशित एक हजार चार सय २२ पृष्ठको शब्दकोशमा ३५ हजार शब्दको व्युत्पत्ति समावेश गरिएको छ ।

उक्त कृतिले २०७८ सालको साझा पुरस्कारसमेत प्राप्त गरेको थियो । कोशकार ढुङ्गाना विदेशमा रहनुभएकाले उहाँ नेपाल फर्किएपछि सो पुरस्कार प्रदान गरिने जयतु संस्कृतम् संस्थाले जनाएको छ ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ७ : २९ बजे

निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

सिरहा– अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने

बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतिक्षा गर्नुस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक : प्रधानमन्त्री

काठमाडौ– प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबै

बालेनको सक्रियताले वैकल्पिक शक्तिलाई मिल्न दबाब, यस्ता छन् जटिलता

काठमाडौं- पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले वैकल्पिक शक्तिहरूसँग

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको