भारतीय तीर्थयात्रीको नारायणीमा डुबेर मृत्यु | Khabarhub Khabarhub

भारतीय तीर्थयात्रीको नारायणीमा डुबेर मृत्यु


१ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – भारतको अयोध्याबाट नेपालका विभिन्न धार्मिकस्थलको भ्रमण गर्न आएका एक युवकको नारायणी नदीमा डुबेर मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१ देवघाटस्थित नारायणी नदीमा स्नान गर्ने क्रममा २२ वर्षीय प्रदीप शर्माको डुबेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज मध्यान्ह १२ः४५ बजेको समयमा नदीमा डुबेका शर्माको शव १ः२५ बजे पाँच सय मिटर तल फेला परेको छ ।

देवघाटमा तीर्थ यात्राका लागि युपी ६२ एपी ९६९६ नम्बरको गाडीमा ५० जना भारतीय नागरिक आएका थिए । ती सबै जना नारायणीमा स्नान गर्दा शर्मा भने बेपत्ता भएका थिए ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ९ : १७ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’