मुलुकमा दण्डहीनता बढिरहेको छ : शेखर कोइराला | Khabarhub Khabarhub

मुलुकमा दण्डहीनता बढिरहेको छ : शेखर कोइराला


१ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राजनीतिलाई सही दिशा दिन प्राज्ञिक समुदायको सक्रिय भूमिका चाहिने बताएका छन् । प्रा डा कुलप्रसाद कोइरालाद्वारा लिखित ‘वेदमा जीवन र जगत’ तथा ‘सिस्नाको आँठो’ को लोकार्पण गर्दै उनले राजनीतिलाई सही दिशामा डोर्याउन ‘थिङ्टयाङ्क’का रुपमा रहेका प्राध्यापकहरुले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिए।

उनले भने, “अहिलेको राजनीतिक अवस्थालाई सुधार्न प्राध्यापकहरुको पनि उत्तिकै भूमिका चाहिने हो तर, त्यो विगतमा देखिएन, विश्वविद्यालयका प्राज्ञिक संस्थाहरुले राजनीतिलाई सही दिशामा डोर्याउन राजनीतिज्ञलाई स्वतन्त्र रुपमा खबरदारी गर्न जरुरी छ ।”

नेता कोइरालाले मुलुकमा दण्डहीनता बढिरहेको भन्दै सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिए । उनले भने, “संवैधानिक निकायमाथि पनि राजनीतिक प्रहार भइरहेको छ । संसद्को गरिमा र मर्यादा खस्केको छ । प्रधानमन्त्रीले बोलिरहेका बेला सवाल जवाफ गरेर दोहारी खेल्ने नेपालको संसद्मा भइरहेको छ, यसले प्रजातन्त्रलाई कमजोर तुल्याउँछ ।”

कांग्रेस नेता दिलेन्द्रप्रसाद बडूले राजनीतिलाई सही ढङ्गले अघि बढाउन प्रबुद्ध समुदायको उपयोगिता हुनेगरी स्थायी संयन्त्र बनाउन जरुरी भएको उल्लेख गरे । विद्यमान राजनीतिक वैचारिक दृष्टिकोण र शैली सुधार्न जरुरी भएको भन्दै उनले मुलुकको राजनीतिक बेतिथिलाई पुस्तकले चित्रण गरेको उल्लेख गर्नुभयो । नेता बडूले भने, “राजनीतिभित्रको कमजोरी सुधार्न सबै लाग्नुपर्छ । प्रवृत्तिको परिवर्तन र विधिको पालना गर्न जरुरी छ ।”

वेदमा जीवन र जगत नामक पुस्तकमा पूर्वीय दर्शनको सार प्रस्तुत गरिएको छ भने सिस्नाको आँठो पुस्तकमा समकालीन राजनीतिक पाटोलाई ब्याङ्यको रुपमा दर्शाइएको छ । कूल ६८ लेख समेटिएको पुस्तकमा विगतको राजनीतिक अवस्था, वर्तमानको विकृतिलाई उल्लेख गरिएको छ । ती दुवै पुस्तक स्वदेश प्रकाशन प्रालिले प्रकाशन गरेको हो ।

‘सिस्नाको आँठो’ पुस्तकको समीक्षा गर्दै वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले दर्शन र राजनीतिक पाटोलाई समेटिएको पुस्तकले ‘बेद जीवन कस्तो छ, यसलाई विज्ञानले कसरी समेटेको छ’ भन्ने विषयलाई झल्काएको उल्लेख गरे । तत्कालीन पहाडी जनजीवन को अनुभव समेटिएको पुस्तकमा नेपाली राजनीतिमा समकालीन नेतामा देखिएको विचलन, प्रवृत्ति र विचार परिर्वतन गर्नुपर्छ भन्ने पुस्तकले झकझक्याएको उनले बताए ।

डा तुल्सी भट्टराईले बेदमा जीवन र जगतको समीक्षा गर्दै बेद जीवन र जगतमा विज्ञानलाई कसरी हेरिरहेको छ, बेदभित्रका सामाजिक व्यावहारिक कुरालाई पुस्तकमा उजागर गरिएको बताए । प्रा कपिल श्रेष्ठ, पत्रकार तीर्थ कोइराला पद्यकन्या क्याम्पसका क्याम्पस प्रमुख डा जयालक्ष्मी प्रधानलगायतले कोइरालाको प्राज्ञिक विशेषताबारे उल्लेख गरेका थिए । पुस्तकका लेखक कोइरालाले बेद शिक्षाको विस्तारका लागि पुस्तक उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । थौध भन्दा बढी पुस्तक लेखी सकेका कोइराला लोकतान्त्रिक आन्दोलनमा समर्पित हुनुका साथै नेपाली साहित्यमा उल्लेख्य योगदान रहेको छ ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ९ : २४ बजे

रुसद्वारा युक्रेनमा १८ ड्रोन तथा एक क्षेप्यास्त्र आक्रमण

किएभ– युक्रेनको हवाई सेनाले सोमबार रुसले हमला गरेका इरानमा निर्मित

नेपालीलाई भर्ती नलिन रुस र युक्रेनलाई सरकारको पत्र

काठमाडौं – नेपाली नागरिकहरु युक्रेन विरुद्ध लडिरहेको रुसको सेनामा भर्ती

सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई राष्ट्रिय अपाङ्ग कोषद्वारा सम्मान प्रदान

काठमाडौं- मङ्सिर १७ गते अपाङ्गता भएका व्यक्तिहरुको ३२औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा

अमेरिकी डलरसहित पोल्यान्डकी एक महिला पक्राउ

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरुपमा लुकाई–छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको

टिकटक चलाउन दिने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले टिकटकमाथि सरकारले लगाएको प्रतिवन्ध फुकुवा