मुलुकमा दण्डहीनता बढिरहेको छ : शेखर कोइराला « Khabarhub

मुलुकमा दण्डहीनता बढिरहेको छ : शेखर कोइराला


१ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राजनीतिलाई सही दिशा दिन प्राज्ञिक समुदायको सक्रिय भूमिका चाहिने बताएका छन् । प्रा डा कुलप्रसाद कोइरालाद्वारा लिखित ‘वेदमा जीवन र जगत’ तथा ‘सिस्नाको आँठो’ को लोकार्पण गर्दै उनले राजनीतिलाई सही दिशामा डोर्याउन ‘थिङ्टयाङ्क’का रुपमा रहेका प्राध्यापकहरुले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिए।

उनले भने, “अहिलेको राजनीतिक अवस्थालाई सुधार्न प्राध्यापकहरुको पनि उत्तिकै भूमिका चाहिने हो तर, त्यो विगतमा देखिएन, विश्वविद्यालयका प्राज्ञिक संस्थाहरुले राजनीतिलाई सही दिशामा डोर्याउन राजनीतिज्ञलाई स्वतन्त्र रुपमा खबरदारी गर्न जरुरी छ ।”

नेता कोइरालाले मुलुकमा दण्डहीनता बढिरहेको भन्दै सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिए । उनले भने, “संवैधानिक निकायमाथि पनि राजनीतिक प्रहार भइरहेको छ । संसद्को गरिमा र मर्यादा खस्केको छ । प्रधानमन्त्रीले बोलिरहेका बेला सवाल जवाफ गरेर दोहारी खेल्ने नेपालको संसद्मा भइरहेको छ, यसले प्रजातन्त्रलाई कमजोर तुल्याउँछ ।”

कांग्रेस नेता दिलेन्द्रप्रसाद बडूले राजनीतिलाई सही ढङ्गले अघि बढाउन प्रबुद्ध समुदायको उपयोगिता हुनेगरी स्थायी संयन्त्र बनाउन जरुरी भएको उल्लेख गरे । विद्यमान राजनीतिक वैचारिक दृष्टिकोण र शैली सुधार्न जरुरी भएको भन्दै उनले मुलुकको राजनीतिक बेतिथिलाई पुस्तकले चित्रण गरेको उल्लेख गर्नुभयो । नेता बडूले भने, “राजनीतिभित्रको कमजोरी सुधार्न सबै लाग्नुपर्छ । प्रवृत्तिको परिवर्तन र विधिको पालना गर्न जरुरी छ ।”

वेदमा जीवन र जगत नामक पुस्तकमा पूर्वीय दर्शनको सार प्रस्तुत गरिएको छ भने सिस्नाको आँठो पुस्तकमा समकालीन राजनीतिक पाटोलाई ब्याङ्यको रुपमा दर्शाइएको छ । कूल ६८ लेख समेटिएको पुस्तकमा विगतको राजनीतिक अवस्था, वर्तमानको विकृतिलाई उल्लेख गरिएको छ । ती दुवै पुस्तक स्वदेश प्रकाशन प्रालिले प्रकाशन गरेको हो ।

‘सिस्नाको आँठो’ पुस्तकको समीक्षा गर्दै वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले दर्शन र राजनीतिक पाटोलाई समेटिएको पुस्तकले ‘बेद जीवन कस्तो छ, यसलाई विज्ञानले कसरी समेटेको छ’ भन्ने विषयलाई झल्काएको उल्लेख गरे । तत्कालीन पहाडी जनजीवन को अनुभव समेटिएको पुस्तकमा नेपाली राजनीतिमा समकालीन नेतामा देखिएको विचलन, प्रवृत्ति र विचार परिर्वतन गर्नुपर्छ भन्ने पुस्तकले झकझक्याएको उनले बताए ।

डा तुल्सी भट्टराईले बेदमा जीवन र जगतको समीक्षा गर्दै बेद जीवन र जगतमा विज्ञानलाई कसरी हेरिरहेको छ, बेदभित्रका सामाजिक व्यावहारिक कुरालाई पुस्तकमा उजागर गरिएको बताए । प्रा कपिल श्रेष्ठ, पत्रकार तीर्थ कोइराला पद्यकन्या क्याम्पसका क्याम्पस प्रमुख डा जयालक्ष्मी प्रधानलगायतले कोइरालाको प्राज्ञिक विशेषताबारे उल्लेख गरेका थिए । पुस्तकका लेखक कोइरालाले बेद शिक्षाको विस्तारका लागि पुस्तक उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । थौध भन्दा बढी पुस्तक लेखी सकेका कोइराला लोकतान्त्रिक आन्दोलनमा समर्पित हुनुका साथै नेपाली साहित्यमा उल्लेख्य योगदान रहेको छ ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ९ : २४ बजे

घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु

भद्रपुर– झापाको दमकमा घरायसी विवादका क्रममा श्रीमानको खुकुरी प्रहारबाट गम्भीर

‘कांग्रेसका पाँच पुस्तालाई मिलाएर लैजाने दायित्व गगन थापाको हो’

काठमाडौं- नेपाली कांग्रेसभित्र पछिल्लो समय चुलिएको आन्तरिक असन्तुष्टि र सम्भावित

मोडल डली बनिन् ‘मिसेस नेपाल युनिभर्स २०२६’

काठमाडौं – मोडल डली गुरुङ याक्थुम्बा पाचौं संस्करणको ‘मिसेस नेपाल

राहुल भन्छन् : आन्दोलनरत विद्यार्थी आतङ्ककारी होइनन्, देशका भविष्य हुन्

काठमाडौं- भारतको लोकसभामा प्रतिपक्षी नेता राहुल गान्धीले आन्दोलनरत विद्यार्थीलाई आतङ्ककारीको